विमान स्थलको माग गर्दै सवारी साधनले सिंहदरबार घेर्ने

पोखरा, १6 असोज पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणको लागि सरकारलाई दवाब दिन पोखरेलीले आज सिंहदरबार घेराउन गर्ने भएका छन् । पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय बनाउन काठमाडौ जाऔं भन्ने नाराका साथ सरोकार समितिको अगुवाईमा सवारी साधन सहित सिंहदरबार घेराउ गर्न लागेको हो । सिहदरबार घेराउका लागि पोखराबाट करिब ५ सय सवारी साधन काठमाडौका लागि हिडि सकेका छन् ।

बिहान ६ बजे पोखराबाट काठमाडौका लागि बस, कार, भेन लगायतका सवारी साधने सिंहदरबार घेराउ गर्न प्रस्थान गरिसकेको समितिका संयोजक कृष्णमोहन श्रेष्ठले जानकारी दिए । करिब ५ सय सवारी साधनहरुमा करिब ४ हजार जना काठमाडौ लागि हिडेको श्रेष्ठले बताए । पोखरबाट गएका सवारी साधनहरु दिऊसो १ बजे काठमाडौको कलंकीबाट सिहदरबार घेराउ लागि जाने श्रेष्ठले बताए ।

पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणको लागि दवाब दिन पोखरा विमानस्थल अगाडी सन्चालीत रिले अनसन पनि जारी छ । अनसनमा अहिलेसम्म १ हजार १ सय भन्दा बढि अनसनमा सहभागि भएका छन् । यसअघि पोखरेलीले लगातार ६ दिनसम्म साढे तीन घण्टा सबै उडान सहित पोखरा विमानस्थल ठप्प पार्ने दवाबमूलक आन्दोलन गरेका थिए । सरोकार समितिको अगुवाईमा विहान साढे ८ बजेदेखी १२ बजेसम्म पोखरा विमानस्थल ठप्प पार्नुका साथै विमानस्थलको दुवै गेटमा धर्ना दिएका थिए । उक्त समयमा पोखरा विमानस्थलबाट हवाई उडान र अवतरण बन्द भएको थियो ।

कमेन्टहरु
Loading...