CAN

पोउवा संघका नवनिर्वाचित अध्यक्ष पाखिलेद्धारा पदभार ग्रहण 

82
पोखरा, ४ असोज / पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष विश्वशंकर पालिखेले पोखराको समग्र विकासको लागि साझा मञ्च बनाउने उद्घोष गर्नु भएको छ । ‘पोखराको समग्र विकासको लागि निजी क्षेत्र,विज्ञ र सामाजिक अभियन्ताहरुको साझा मञ्च बनाउन जरुरी देखिएको छ’, सोमबार संघको सचिवालयमा पदभार ग्रहण गर्दै उहाँले भन्नुभयो,‘सरकारी तवरबाट जस्तै यो मञ्चले पनि समग्र पोखराको विकास निर्माणको लागि स्पष्ट खाका र  योजना बनाउने छ ।’
उहाँका अनुसार बृहत्तर पोखरा विकास मञ्चको रुपमा क्रियाशिल रहने संस्थाले योजना मात्र बनाउने छैन त्यसको कार्यान्वयनको लागि सरोकारवाला निकायहरुसँग सहकार्य र पैरवी समेत गर्नेछ ।  यसैगरी अध्यक्ष पालिखेले यस अगाडि देखि नै प्रदेश नम्बर ४ को सम्भावनाहरुको ’bout प्रदेशका विभिन्न क्षेत्रमा पुगेर बृहत छलफल गरिएको प्रसङ्ग झिक्दै यसलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । यो अभियानले बनाउने खाका प्रदेश नम्बर ४ को लागि निजी क्षेत्रले बनाएको विकास निर्माणको खाका बन्नेछ ।
उहाँले संघका पूर्व अध्यक्षहरुको सुभाव र निर्देशनमा आफ्नो कार्य समितिले उद्योगी÷व्यवसायीको हित तथा समग्र पोखराको विकास निर्माणको लागि निरन्तर कार्य गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।  यसैगरी अध्यक्ष पालिखे तथा महासचिव दामु अधिकारी मंगलबार नै राजधानी प्रस्थान गर्नु हुने  भएको छ । मित्रराष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेको लिञ्जी सहरको पहलमा तिब्बत सरकारले पोखरालाई दिने भनेको २ हजार थान सोलार लाइट पोलको सम्झौताको पहल गर्न उहाँहरु राजधानी जान लाग्नु भएको हो ।
राजधानीमा उहाँले स्थानीय विकास मन्त्रालयमा सोलार लाइट सम्झौता छिटो गराउनु अनुरोध गर्नु हुनेछ । यसका साथै राजधानी रहँदा अध्यक्ष पालिखेले पर्यटन यातायात क्षेत्रमा देखिएको समस्या समाधान गर्नको लागि सरोकारवाला मन्त्रालयसँग छलफल गर्नेै  कार्यक्रम रहेको छ । सो अवसरमा पर्यटन नम्बर प्लेट ( हरियो नम्बर प्लेट) सम्बन्धमा देखिएको अन्यौलतालाई चिर्नको लागि उहाँहरुको पहल रहने छ ।
यसअघि संघका निवर्तमान अध्यक्ष विन्दुकुमार थापाले सोमबार नव निर्वाचित अध्यक्ष, पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुलाई संघको सचिवालयमा रहेको अध्यक्षको कार्यकक्षमा स्वागत गर्दै पदासिन गराउनु भएको थियो । नवनिर्वाचित अध्यक्षलाई पदभार ग्रहण गराउँदै निवर्तमान अध्यक्ष थापाले देश संघीय संरचनामा गएको यो अवस्थामा पोखरा उद्योग वाणिज्य संघले आफूलाई प्रदेश नम्बर ४ को केन्द्रिय संघको रुपमा विकास गराउनु पर्नेमा जोड दिनुभयो । सदस्यता वृद्धिको लागि नयाँ कार्यसमितिले विशेष पहल गर्नु पर्ने उहाँको धारणा थियो ।
 नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई स्वागत गर्दै संघका कार्यकारी निर्देशक टोपबहादुर थापाले नवनिर्वाचित कार्यसमितिलाई कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुभयो । संघको सचिवालय दैनिक कार्य सम्पादनको अतिरिक्त कार्यसमितिले अगाडि सारेको योजनाहरुलाई कार्यान्वयन गर्न सदैव तत्पर रहेको बताउँदै उहाँले नविनतम् योजनाका साथ यो कार्यसमिति अगाडि बढ्ने आशा समेत व्यक्त गर्नुभयो । पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित  महासचिव दामु अधिकारीले संचालन गरेको सो कार्यक्रममा संघका पूर्व अध्यक्ष तथा मानार्थ सदस्य राजेन्द्रकुमार लालचन र पूर्व अध्यक्ष संजिवबहादुर कोइरालाको पनि उपस्थिति रहेको थियो ।