प्रबिधि मैत्री शिक्षक समाजको तनहुँ भेला

तनहुँ, २८ असार /प्रबिधी मैत्री शिक्षक समाज गण्डकी प्रदेशको आयोजना तथा चन्डी देबि राष्टिय माबि खुमलटारीको ब्यबस्थापनमा प्रबिधी मैत्री शैक्षिक सामग्री प्रदर्शन तथा अन्तक्रिया सम्पन्न भएको छ ।

गण्डकी प्रदेश सांसद सरिता गुरुङले प्रबिधी मैत्री शिक्षक समाजको यो अभियान राज्य कै अभियान भएको भन्दै यसलाई प्रदेश सरकारले उचित सहयोग गरि बिध्यालयमा प्रबिधि सहितको शिक्षा प्रदान गर्नु पर्ने बताइन् ।

उनले शिक्षकहरुको यो अभियानले कक्षामा अब प्राविधि सहित शिक्षण हुने कुरामा बिश्वास व्यक्त गरीन् । भेलामा शिक्षक श्रीकान्त पौडेल, सकुन्तला सोति, बिध्या आचार्य, सम्बिधान लामिछाने, खडग राज अधिकारी श्रीकृष्ण आचार्य राजिब श्रेष्ठ लगाएतले शैक्षिक सामाग्रीहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा सृजना खनालले विध्यालका प्र अ एबम कक्षा शिक्षकहरुका लागि अति उपयोगि बिध्यालय प्रोफाईलको डेमो गरेकी थिइन।

कार्यक्रममा प्रबिधी मैत्री शिक्षक समाज गण्डकी प्रदेश अध्यक्ष श्रीकान्त पौडेलको सभपतित्वमा सम्पन्न भएको थियो । त्यसै गरी ब्यास नगरपालिका शिक्षा महाशाखा प्रमुख नगेन्द्र प्रसाद रेग्मी, समाजका केन्द्रिय अध्यक्ष भुपती बस्याल, दमौली शिक्षक तालिम केन्द्रका राजु श्रेष्ठ, समाजका सचिब देबि प्रसाद शर्माले लगाएतले शुभकामना दिएक थिए ।

सोही कार्यक्रममा राजिब श्रेष्ठ को सम्योजकत्वमा सात सदस्यीय तनहु समन्वय समितिको गठन गरेको थियो । अन्य सदस्यहरुमा अनिल श्रेष्ठ ,केशब राज घिमिरे,नन्दन श्रेष्ठ ,रुपा घिमिरे,गोकुल थापा रहेका छन् ।बिध्यालय का प्र अ रामचन्द्र पोख्रेलले स्वागत तथा सहजीकरण गर्नु भएको उक्त कार्यक्रम समाजका सहसचिव श्रीकृष्ण आचार्यले सञ्चालन गरेका थिए ।

कमेन्टहरु
Loading...