पारसको स्वास्थ्य ‘हिजोकै अबस्थामा’, हिमानी बैंकक प्रस्थान हल्लाका पछि नलाग्न सहयोगीको आग्रह

127

११ फागुन, काठमाण्डौं । हृदयघातपछि अस्पताल भर्ना गरिएका पूर्व युवराज पारस शाहको स्वास्थ्य अवस्थाका ’boutमा बिभिन्न हल्ला चलेपनि उनको स्वास्थ्य ‘हिजोकै अबस्थामा’ रहेको र अस्पतालमा उपचार चलिरहेको उनका सहयोगीहरुले बताएका छन् ।पारसको स्वास्थ्यअबस्था’bout सामाजिक संजालमा बिभिन्न हल्ला चलेपनि त्यो सत्य नभएको थाइल्याण्डमा रहेका उनका सहयोगीले अनलाइनखबरलाई बताए ।’हिजो जे अबस्था थियो आज पनि त्यही हो, अबस्थामा कुनै फेरबदल भएको छैन’ पारसका सहयोगी सुनिल खड्काले भने ।

पूर्व राजा ज्ञानेन्द्रका निजी सचिव फणिराज पाठकले पनि बिहानैदेखि यस्तो हल्ला चलेर आफु हैरान भइसकेको बताउनुभयो । ‘खै कसरी यो हल्ला चल्यो, उहाँको अबस्था हिजो जे थियो आज पनि त्यही छ, उपचार चलिरहेको छ’ पाठकले अनलाइनखबरसँग भन्नुभयो- ‘उहाँको अबस्थामा फेरबदल हुनासाथ हामी जानकारी गराइहाल्छौ, हल्लाको पछि नलाग्नुस् ।’

कोमामा रहेका पारस अचेत अबस्थामा छन् । ज्वाइं डा‌ राजीव शाहीले मात्र उनलाई भेट्न पाएका छन् । स्वास्थ्य अबस्थामा अपेक्षित सुधार नभएका कारण परिवारमा चिन्ता थपिएको भए पनि उनको मत्यु नै भइसक्यो भनेर आएका हल्ला सही नभएको सहयोगीहरुले बताएका छन् ।

यता नेपाल सरकारले पनि पारसको स्वास्थ्य अबस्था’bout थाइल्याण्डस्थति दूतावास र  अन्य च्यानलमार्फत् जानकारी लिइरहेको छ । ‘केहीवेर अघिसम्मको रिपोर्टमा स्वास्थ अबस्था हिजोकै अबस्थामा रहेको जानकारी आएको छ, उनको अबस्था बिग्रेको पनि छैन, सुध्रेको पनि छैन’ उच्च सरकारी स्रोतले अनलाइनखबरसँग भन्यो ।

हिमानी बैंकक प्रस्थान

यसैवीच पारशको अबस्था’bout जानकारी लिन र भेट्न उहाँकी पत्ती हिमानी शाह आज थाइल्याण्ड प्रस्थान गर्नु भएको छ ।  श्रीमान पारससँगै छोरी पनि विरामी भएपछि जान नपाउनु भएकी हिमानी थाइ एयरवेजबाट शुक्रवार अपरान्ह थाइल्याण्ड जानु भएको हो ।

सिमराबाटै पारसको सोधीखोजी

डेढ हप्ताअघि पारिवारिक घुमफिरका लागि सिमरा पुगेका पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल अझै उतै हुनुहुन्छ । जीवन र मरणको दोसाँधमा रहेका छोरा पारसलाई भेट्न बैंककसम्म पुग्ने योजना उहाँहरुले अझै बनाउनुभएको छैन । बैंकक जानका लागि खर्चका अभाव पनि पक्कै भएको होइन । बैंकक टाढा पनि होइन, जाउँ भनेर बिहान योजना बनाउनेबित्तिकै काठमाडौंबाट ४ घण्टामा बैंकक पुगिन्छ ।

आफ्नो एक्लो बिरामी छोरालाई भेट्न पूर्व राजारानी किन बैंकक गएनन् ? ‘सबै गुरुरु गएर पनि हुने केही होइन, छोरी-ज्वाइँलाई पठाउनुभएकै छ’ पूर्वराजाका एकजना सहयोगीले अनलाइनखबरसित भने-’बैंकक नै नगए पनि उहाँहरुले छिनछिनमा छोराको स्वास्थ्य अवस्था’bout सिमराबाटै सोधीखोजी गरिरहनुनभएको छ ।’

ती सहयोगीका अनुसार सिमरामा रहेका पूर्वराजारानी छोराको अवस्था सुनेर निकै चिन्तित हुनुहुन्छ । सबैजना त्यहाँ पुगेर पनि केही नहुने भएकाले उहाँहरु तत्काल बैंकक नजाने सोचमा हुनुहुन्छ । ‘आजभोलि नै त जाने योजना छैन’ ती सहयोगीले भने ।

आउँदो १५ गते बुबा महेन्द्रको श्राद्ध परेकाले १४ गते पूर्वराजा ज्ञानेन्द्र काठमाडौं र्फकने कार्यक्रम छ । त्यसपछि पनि पारसको हालत यस्तै रहृयो भने उहाँहरु बैंकक जान सक्ने पूर्वराजाका सहयोगीले बताए । cp. onlinekhabar

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...