ओरेन्टल कोअपरेटिभ पोखरा शाखाको निक्षप फिर्ता गर्न माग

पोखरा, ७ माघ/ ओरेन्टल कोअपरेटिभ लिमिटेड पोखरा शाखामा रकम निक्षप कर्ताहरुले आफ्नो निक्षप रकम फिर्ता गर्न माग गरेका छन् । ओरेन्टल कोअपरेटिभ शाखा कार्यालय पोखरा निक्षेप संरक्षण समितिले आज पोखरा पत्रकार सम्मेलनको आयोजना गरि आफुहरुको रकम फिर्ताको माग राखेका हुन् । पोखरामा ओरेन्टल कोअपरेटिभ शाखा पोखराले २२ करोड निक्षेप सङकलन, २ करोड रुपैया ऋण लगानी गरेको छ भने १८ करोड ओरेन्टल कोअपरेटिभको केन्द्रिय कार्यालय काठमाडौमा पठाएको समिति संयोजक याम बहादुर रानाभाटले जानकारी दिए । रानाभाटले आफुहरुको रकम नै फिर्ता हुनु पर्ने माग गरेका छन् । उनले भने काठमाडौमा कति पयलाई घर जग्गा दिने कुरा आएको बताउदै उनले पोखराका निक्षप कर्तालाई रकम नै फिर्ता हुनु पर्ने बताए ।

उनले ओरेन्टल कोअपरेटिभका अध्यक्ष सुधिर बस्नेतलाई जेलमा हालेर नभै छुटाएर आफुहरुको रकम फिर्ता हुन सक्ने बताउदै सरकार सगँ छुटाउन समेत माग गरे । पोखरामा करिब ३५ सय जना सदस्यहरु रहेको र तिनिहरुको २२ करोड निक्षेप संकलन गरेको ओरेन्टल कोअपरेटिभ पोखरा शाखाका प्रमुख केबल ज्ञवालीले बताए । उनले सहकारी भए पनि केन्द्रिय कार्यालयबाट ऋण लागनी हुदै आएको बताउदै सबै निक्षेप सापटीका रुपमा काठमाडौ कार्यालयमा पठाउने गरेको बताए ।

पोखरा शाखामा एक सय देखि १ करोड ६३ लाख सम्मका निक्षेप कर्ता रहेका छन् । संस्थाले देशका प्रमुख सहरहरुमा १० वटा शाखाबाट करिब ४ अरब निक्षेप रकम संकलन गरेर जोखिममा पारेको छ । निक्षेपमा बढि व्याज दिने भएका कारण धेरैले व्याजको लोभमा रकम संकलन गर्दै आएका छन् । ओरेन्टल कोअपरेटिभ शाखा कार्यालय पोखरामा सहकारी डिभिजन कार्यालय कास्कीले शिलबन्दी गरेको छ ।

कमेन्टहरु
Loading...