एक मिनेट झोला राख्दा पाँच सय रुपैया

काठमाडौ, ११ माघ/काठमाडौं नयाँ बसपार्कस्थित एक चिया पसलमा केहिबेर झोला राख्दा जुम्लाका रामजीप्रसाद न्यौपाने पाँच सय रुपैया तिरेका छन् । जुम्ला गज्याङ्कोट गाविस खल्लावाडाका २५ वर्षीय न्यौपानेले पसलमा झोला राखेको भन्दै पसलले ५ सय लिएका हुन् ।

झोला राखी पिसिओबाट फर्किसकेपछि झोला लिन खोज्दा एक हजार ‘भ्याट’ लाग्छ भनेर झोला दिन नमानेको उनले बताए । पछि बल्लतल्ल पाँच सय तिरेर झोला लिएको उनले बताए । झोलामा एकजोडा कपडा र दुईवटा किताब थिए ।

कमेन्टहरु
Loading...