कास्कीको अस्ताममा वाइफाई प्रविधि सञ्चालन गर्ने तयारीमा

पोखरा, ६ बैशाख। कास्कीको धिताल गाविसको अस्ताममा इन्टरनेट सञ्जाल सग जोड्ने वाइफाई प्रविधि सञ्चालन गर्ने तयारीमा रहेको छ । लोग्डअन फाउण्डेशन र भुमेश्वर निमाविको पहलमा अस्तामबासीलाई प्रविधि सग पहुच पु¥याउनका लागि वाइफाई प्रविधि सञ्चालका लागि काम शुरु भएको छ । पहिला अस्ताममा मात्रै वाइफाई प्रविधि सञ्चालन गर्ने तयारीमा छौ भुमेश्वर निमावि व्यस्थापन समितिका अध्यक्ष विश्वराज अधिकारीले भने– विस्तारै धिताल गाविस भरि हुदै छिमेकी गाविसमा पनि यो प्रविधको जडान गर्ने छौ ।

सुन्दर पर्यटकीय गाँउको रुपमा परिचित अस्तामा यो सेवा सञ्चाल सगै आन्तरिक तथा वाह्य पर्यटकको उल्लेख्य वृद्धि हुने विश्वास लिएको उनले जानकारी दिए । लोग्डन फाउण्डेशनको सहयोगमा २०६८ कात्तिक देखि विद्यालयमा कम्प्युटर तथा इन्टरनेट सेन्टरको स्थापना भएको थियो । गाउमा नै कम्प्युटर सहितको इन्टरनेट सेन्टर स्थापन भएपछि यहाका तथा छिमेकी गाविसका वासिन्दाले सहजै इन्टरनेटको नजिक हुने मौका पाएका छन् ।

यसैवीच लोग्डअन फाउण्डेशन र माईक्रोसफ्ट ईनोभेसन नेपालको आयोजनामा भुमेश्वर निमाविमा १५ दिने डिजिटल कम्प्युटर साक्षरता तालिम समेत दिएको छ । तालिममा धिताल, ल्वा· घलेल, रिभान, लाचोक, हेमजा, ढिकुरपोखरी, अर्मला सिल्दुजुरेका गरि ९५ जनाको सहभागिता रहेको थियो । अस्तामा सञ्चाल गर्न लागिएको वाइफाई प्रविधिलाई लक्षित गर्दै कम्प्युटरमा साक्षरता गराउने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।

तालिमको समापन कार्यक्रमा प्रशिक्षार्थीहरुलाई अन्तराष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र समेत वितरण गरिएको थियो । तालिममा माइक्रो सफ्ट इनोभेसन नेपलाकी कर्मचारी सम्झना भण्डारीले प्रशिक्षण दिएकी थिईन् ।
तालिमको समापन कार्यक्रममा वोल्दै प्रमुख अतिथि माइक्रोसफ्ट नेपालका निर्देशक आलेन वाईलोचन तुलधारले तालिममा सिकेका कुराहरु व्यवहारमा उतार्न आग्रह गरे ।

अहिलेको युग सञ्चारको युग भएकोले पनि प्रविधि सग भिज्न सक्नु पर्दछ उनले भने– ज्ञानको वृद्धि गर्न पनि सञ्चार सगको दुरी नजिक पार्नु पर्दछ । उनले शहरमा मात्रै नभई ग्रामिण भेगमा मानिसहरुलाई पनि कम्प्युटर सग नजिक वनाउने उद्देश्यले गाँउमा आएर तालिम दिएको जानकारी दिए । कार्यक्रममा ग्रामिण सूचना प्रविधि विशेषज्ञ ई.सुदिप अर्यालले प्रविधिको विकास सगै आफुले खोजेका कुराहरु तुरुन्तै पाईन भएको उल्लेख गर्दै प्रविधि सग जति घुलमिल हुने सक्यो त्यती नै फाईदा हुने वताए ।

कार्यक्रममा बोल्दै प्रशिक्षार्थी वराह मावि भिडावारीका शिक्षक टेकनाथ गौतमले तालिमले आफुलाई दोस्रो जन्म दिएको वताए । अर्का प्रशिक्षार्थी अग्नी परियारले यस्ता खालका तालिमहरुको निरन्तरताको खाँचो रहेको वताए । कार्यक्रममा भुमेश्वर निमाविका प्रध्यायानाध्यापक सिता कुमारी अधिकारीले विद्यालयमा नै छिमेकी गाविसका शिक्षक तथा विद्यार्थीहरुलाई कम्प्युटर सम्वन्धि तालिम दिन पाएको खुशि व्यक्त गरिन् ।

कमेन्टहरु
Loading...