फ्रष्ट नेष्नल गण्डकी बी बोइङ्ग च्याम्पियनसिप विथ म्युजिकल ब्रेक हुने

पोखरा, १९ फागुन/पोखरामा पहिलो पटक फ्रष्ट नेष्नल गण्डकी बी बोइङ्ग च्याम्पियनसिप विथ म्युजिकल ब्रेक हुने भएको छ । बाल श्रम रोकौँ भन्ने नाराका साथ गण्डकी बि बोइङ्ग डान्स टेडिङ्ग सेन्टरको आयोजनामा चैत्र १७ गते फष्ट नेष्नल गण्डकी बी बोइङ्ग च्याम्पियनसिप विथ म्युजिकल ब्रेक हुने पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइए हो ।
बाल श्रमीकलाई सहयोग गर्ने र बि बोइङ्ग डान्स प्रमीहरुलाई प्रमोट गर्ने उद्देश्यले आयोजना गर्न लागेको  प्रतियोगिताको तयारी तिव्र पारिइएको गण्डकी बि बोइङ्ग डान्स टेडिङ्ग सेन्टरका सञ्चालक मनोज पुनले जानकारी दिए । प्रतियोगितामा फ्रष्ट हुलेलाई ५० हजार नगद सहित ट्रफी र मायाको चिनो त्यस्तै बेष्ट सोकेशलाई १५ हजार र ट्रफी प्रदान गरिने अर्का सञ्चालक अशोक पुनले जानकारी दिए । चैत्र ७ गते पोखराको सभागृह हलमा आयोजना हुने प्रतियोगितामा नेपालभरिका ७ टिमले सहभागीता जनाएका छन् ।

प्रतियोगिताबाट संकलित भएको रकमको २० प्रतिशत बालश्रम न्युनिकरणका लागि कार्य गर्ने सामाजिक संस्था नेपाल परोपकार महासंघलाई प्रदान गरिने भएको छ । सोही अवसरमा नेपालको चर्चित ब्याण्ड ज्ञढठद्ध ब्।म् को विशेष प्रस्तुति रहने छ । त्यस्तै बि बोइङ्ग डान्समा दिएको योगदान स्वरुप थाइल्याण्डका निक्की सेवाङ्गलाई सम्मान गरिने जानकारी दिएको थियो । प्रतियोगिता सम्पन्न गर्न ११ लाख २० हजार खर्च लाग्ने आयोजकको अनुमान रहेको छ । जुन प्रायोजक र टिकटबाट संकलन गरिने छ । पोखरामा पहिलो पटक सञ्चालनमा रहेको गण्डकी बि बोइङ्ग डान्स टेडिङ्ग सेन्टरले २८ देखि २९ जनालाई बि बोइङ्ग डान्स कोर्ष गराइरहेको छ ।

कमेन्टहरु
Loading...