सम्पदाको चार किल्ला स्रष्टा सम्मान साँझ

पोखरा, ४ फागुन/सम्पदा कला मन्दिर पोखराले यसवर्ष चार किल्ला स्रष्टा सम्मान साँझ गर्ने भएको छ । स्रष्टाको उत्थान एवं सम्मान गर्ने मूलनाराका साथ स्थापित सम्पदा मन्दिरले विभिन्न क्षेत्रमा रहेर उल्लेख्य योगदान पु¥याएका स्रष्टाहरुलाई सम्पदा अवार्ड तथा सम्मान गर्दैआएको छ ।

संस्थाका अध्यक्ष देशभक्तसिंह कुँवरको सभापतित्वमा सम्पन्न भेलाले आगामी चैत महिनाभित्र सो कार्यक्रम गर्ने निर्णय गरेको हो । सोही अवसरमा संस्थाका संरक्षक एवं सल्लाहकार वरिष्ठ समाजसेवी, शिक्षासेवी एवं साहित्यकार क्षेत्रबहादुर कुँवरको जीवनी संग्रहसमेत विमोचन गरिने कार्यक्रम रहेको छ ।

२०६५ सालमा पहिलोपटक विभिन्न १२ जना स्रष्टालाई अभिनन्दन र ३ जनालाई सम्पदा राष्ट्रिय अवार्डबाट सम्मान गरेकोमा दोस्रो संस्करणमा सत्र स्रष्टाहरुको सम्मान सा“झ एवं विविध साँस्कृतिक कार्यक्रम गरेको थियो । यसैगरी तेस्रो संस्करणमा पञ्चामृत स्रष्टा सम्मान साँझ आयोजना सम्पन्न गरिसकेको छ ।
यसैबीच, श्रीपञ्चमीको दिन जन्मिनुभएका संस्थाका संरक्षक एवं सल्लाहकार वरिष्ठ समाजसेवी, शिक्षासेवी एवं साहित्यकार क्षेत्रबहादुर कुँवरको ६८ औ जन्मदिनको अवसरमा कुँवरप्रति सहभागीहरुले सुस्वास्थ्य एवं दीर्घायूको शुभकामना दिएका थिए ।

सो अवसरमा बोल्दै कुँवरले सम्पदा कला मन्दिरले आयोजना गर्दैआएको कार्यक्रमले छोटो समयमा चर्चा कमाउन सफल भएको बताउँदै सबैको सद्भावप्रति हार्दिक कृतज्ञता ब्यक्त गर्नुभयो । कार्यक्रममा कुँवरको जीवनी संग्रहका सम्पादक तोयनाथ लामिछाने, सम्पदा कला मन्दिरका उपाध्यक्ष अम्बिका राणा, महासचिव विजय नेपाल, कोषाध्यक्ष तिर्सना गुरुङ लगायतले बोल्नुभएको थियो ।

कमेन्टहरु
Loading...