पोखरामा श्रमिक बालबालिकाहरुको निःशुल्क स्वास्थ्य शिविर हुने

पोखरा, १८ पुस/ घरेलु, औद्योगिक क्षेत्रमा काम गर्ने तथा सडकमा काम गरी जिविकोपार्जन गर्दै आइरहेका बालबालिकाहरुको पुस २२ गते पोखरामा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । “समाजको बृहत्तर बिकासका लागि, हाम्रो प्रयास जारी छ” भन्ने मुल उद्देश्यका साथ स्थापना भएको नेपाल जन-सञ्चार मञ्चले पद्यम नसिङ होम पोखराको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागेको हो ।

पोखरा तथा लेखनाथ क्षेत्रमा कार्यरत श्रमिक बालबालिकाहरुको “स्वाथ्य मेरो कस्तो छ” भन्ने जानकारी दिन, कार्यक्रम आयोजना गर्न लागेको आयोजक संस्था नेपाल जन-सञ्चार मञ्चका अध्यक्ष अनिल अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार पोखरा तथा लेखनाथ क्षेत्रको घरेलु, औद्योगिक क्षेत्रमा काम गर्ने श्रमिक बालबालिका तथा सडकमा काम गरी जिविकोपार्जन गर्दै आएका बालबालिकाले शिविरबाट स्वास्थ्य लाभ लिनेछन् ।

राज्यमा उपलब्ध सबै सेवा सुबिधाबाट बञ्चित बालबालिकाहरुको अधिकारका बारेमा धेरै बोल्ने संघ-संस्था छन्, तर उनिहरुले आफ्नो नर्ैसगिक अधिकार समेत पाएका छैनन्, सञ्चार मञ्चका अध्यक्ष अधिकारीले भन्नुभयो-“हामीले अरु धेरै गर्न नसकेपनि उनिहरुको स्वास्थ्य चेतनामा बृद्धि होस भन्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेका हौं ।”

आयोजक संस्था सञ्चार मञ्चले पोखरा न्यूरोस्थित पद्यम नर्सिङ होम प्रालिको प्राङगणमा उपस्थित भई स्वास्थ्य लाभ लिन सबै बालबालिकाहरुमा आग्रह गरेको छ । पद्यम नर्सिङ होमका वरिष्ठ चिकित्सक नारायण गौतमले समेत सबै बालबालिकालाई शिविरमा उपस्थ्ित भई स्वास्थ्य जाँच गर्न आग्रह गरे ।

कमेन्टहरु
Loading...