नेपाल डेण्टल एशोसिएसन कास्की पोखरा गठन

छरिएर रहेका दन्तचिकित्सकहरुलाई एकिकृत गर्न तथा दन्तचिकित्सकहरुको क्षमता अभिवृद्धि गर्ने मूल उद्देश्यका साथ कास्कीमा रहेका दन्तचिकित्सकहरुको एक भेलाले नेपाल डेण्टल एशोसिएसन कास्की पोखरा शाखा आज गठन गरेको छ । भेलाले डा. रामभक्त अधिकारीको अध्यक्षतामा ९ सदस्यीय समिति सर्वसम्मत रुपमा चयन गरेको हो ।

समितिको उपाध्यक्षमा डा. सुनिल पनेरु, सचिवमा डा. उमेश पराजुली, सह–सचिवमा डा. कमल प्रसाद चपाई, कोषाध्यक्षमा डा. सुसिल सेवदी चयन हुनुभएको छ भने सदस्यहरुमा क्रमश ः डा. नेत्र प्रसाद सिलवाल, डा. निर्जला मल्ल, डा. रञ्जना पराजुली र डा. अभिषेकमान गुभाजु रहनुभएको छ । नेपाल डेण्टल एशोसिएसन कास्की पोखराले आगामि दिनमा विभिन्न चेतनामूलक कार्यक्रमहरुलाई निरन्तरता दिदै जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम ल्याउनुका साथै विभिन्न चेतनामूलक सामाग्रहीहरु प्रकाशन एवं प्रसारण गर्ने लक्ष्य राखेको एशोसिएसनका सह–सचिव डा. कमल प्रसाद चपाइ जानकारि दिनुभयो ।

कमेन्टहरु
Loading...