हुलाकी लोकमार्गलार्इ केन्द्रित गरी २० नयाँ शहर स्थापना #NepalBudget

जनता आवास कार्यक्रमलार्इ निरन्तरता दिइएको छ । यसका लागि २ अर्व ४४ करोड बिनियोजन गरिएको छ ।

काठमाडौं उपत्यकाका सबै नगरपालिकामा समन्वयत्कम रूपमा स्मार्ट सिटी बनाइनेछ ।

मध्यपहाडी लोकमार्ग र तरार्इको हुलाकी लोकमार्गलार्इ केन्द्रित गरी २० नयाँ शहर स्थापना गरिनेछ ।

नेपालको पानी जनताको लगानी अन्तर्गत ७ बर्षमा १७ हजार मेघावाट बिजुली उत्पादनको लक्ष्य लिइएको छ ।

वीर अस्पताललार्इ अत्याधुनिक बनाइनेछ । प्रदेशका अस्पतालहरूमा क्षमता बिस्तार गरिनेछ ।

कमेन्टहरु
Loading...