आयल निगमको पोखरा गगनगौंडा डिपोका ट्यांकरमा लकिङ प्रणाली शुरु, क्षमता बढाउने

पोखरा, ६ जेठ/नेपाल आयल निगम गगनगौंडा डिपो पोखराले भारतबाट नेपालमा पेट्रोलियम पदार्थ आयात गर्ने ट्रयांकरहरुमा लकिङ सिस्टम (टयांकरमा ताला) लगाउन सुरु गरेको छ । डिपोका लागि भारतका विभिन्न स्थानबाट आयात हुने इन्धनका ट्यांकरमा लक सिस्टम जडान गरिएको हो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी र नेपाल आयल निगमका कार्यकारी निर्देशक शुशिल भट्टराईले ताला खोल्दै उद्घाटन गरे । भारतीय आयल कर्पोरेशन अमलेखगन्जबाट इन्धन भरेर लक गरी पोखरा आएको ना ६ ख २९७८ नम्बरको ट्यांकरको लक खोलेर उद्घाटनका हुन् ।

प्रमुख जिल्ला अधिकारीले विशेष प्रविधीबाट बनाइएको लक प्रणालीले पेट्रोलियम पदार्थको परिमाणमा चुहावट नहुने विश्वास व्यक्त गरे । प्रमुख जिल्ला अधिकारीले लक सिस्टमले मिसावट र लस हुने संभावना नरहने उल्लेख गर्दै, यसको कडाईका साथ लागु गर्न इन्धनको गगनगौंडा डिपोलाई आग्रह गरे ।

आयल निगमको पोखरा गगनगौंडा डिपोका ट्यांकरमा लकिङ प्रणाली शुरु, क्षमता बढाउने
आयल निगमको पोखरा गगनगौंडा डिपोका ट्यांकरमा लकिङ प्रणाली शुरु, क्षमता बढाउने

कार्यक्रममा नेपाल आयल निगमका कार्यकारी निर्देशक शुशिल भट्टराईले लक सिस्टमले चालक र पेट्रोलियम व्यवसायीका विचको अविश्वास हट्ने अपेक्षा रहेको बताए । उनले ट्यांकरमा लगाइएको चावीको साँचो एउटा भारतिय आयल कर्पोरेशनसँग र अर्को डिपो प्रमुखसँग हुने भएकाले विचमा बद्मासी हुने सम्भाना नै नरहेको बताए । भट्टराईले देशैभरी लकसिस्टम लागु गरेरै छाड्ने बताए । उनले गगनगौंडा डिपोमा पेट्रोलको तीन लाख ५० हजार लिटरको भण्डारण क्षमतामा बृद्धि गरेर दश लाख लिटर पुर्याउन टेण्डर प्रक्रिया अघि वढाउने बताए ।

नेपाल आयल निगमका आपूर्ति तथा अपरेशन विभागका प्रमुख विरेन्द्र गोइतले लकिङ सिस्टम शिलको सट्टटामा सुधारिएको ताल्चाको प्रयोग भएको बताए । उनले तापक्रम बाहेकका अन्य कुनै पनि परिमाण लस नहुने उल्लेख गर्दै, निगमको अभियानमा सहयोग गर्न आग्रह गरे । गोइतले लक सिस्टमका विरुद्ध आन्दोलन वा ढुवानीका नाउँमा कुनै पनि सिन्डीकेट मान्य नहुने बताए ।

आयल निगमको पोखरा गगनगौंडा डिपोका ट्यांकरमा लकिङ प्रणाली शुरु, क्षमता बढाउने
आयल निगमको पोखरा गगनगौंडा डिपोका ट्यांकरमा लकिङ प्रणाली शुरु, क्षमता बढाउने

कार्यक्रममा राष्ट्रिय पेट्रोलियम डिर्लस एशोसियशनका अध्यक्ष लिलेन्द्र प्रधान र महासचिव विश्व अर्यालले ढुवानी र भारतिय आयल कर्पोरेशनको मापन नमिल्दा पेट्रोलियम व्यवसायी मारमा पर्दै आएको उल्लेख गरे । कार्यक्रममा गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसिशयनका अध्यक्ष राजन गोगंजु, ट्यांकरका अध्यक्ष सुरेन्द्ररमण पराजुली, उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइराला, ट्याकर चालक खडानन्द पाण्डे लगायतले लकिङ सिस्टमले पेट्रोलीयम पद्धार्थमा गुणस्तरीया बढ्ने बताए ।

गगनगौडा डिपोबाट दैनिक एक लाख पचास हजार लिटर पेट्रोल र दुई लाख २० हजार लिटर डिजेल खपत हुँदै आएको छ । डिपो अन्र्तगत पेट्रोलियम पदार्थ ढुवानी गर्ने ७८ ट्यांकर मध्ये ६० वटामा लक सिस्टम जडान गरिएको छ । भारतबाट पेट्रोलियम पदार्थ ढुवानी हुदाँ चोरी, चुहावट र मिसावट नियन्त्रण गर्दै पेट्रोलियम व्यापारलाई स्वच्छ बनाउन सहयोगी हुने व्यवासायीहरुको भनाई छ ।

कसरी लगाइन्छ ताला

भारतीय आयल कर्पोरशेनले तेल भरेपछि ट्यांकरमा ताल्चा लगाइदिनेछ । त्यो ताल्चा एकैपटक नेपाल आयल निगम गगनगौंडा पोखरामा मात्रै खोल्न सक्ने नेपाल आयल निगम गगनगौंडा पोखराका प्रमुख नवविनोद पोख्रेलले जानकारी दिए ।

उनले बन्द गरिएको तालाको कुनै डुप्लिकेट चावीबाट खोल्न नसकिने बताए । आइओसी र पोखरामा मात्रै एक/एक वटा चावी हुने भएकाले अहिले जस्तो तेल चोर्ने समस्या पुर्ण रुपमा हटेर बताए । यस अगाडी ट्यांकरमा तेल भरेपछि लगाएको सिल सजिलै काट्न र तोड्न सकने खालको भएको उनले बताए ।

कमेन्टहरु
Loading...