नेपालमा लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय

काठमाडौं, २ वैशाख / सरकारले कोरोना भाइरस रोथामका लागि नेपालमा जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले तेस्रो पटक लकडाउनको समय थप्दै वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो ।

चैत ११ गतेबाट शुरु भएको लकडाउनको वैशाख ३ गते सम्मलाई तोकिएको थियो । लकडाउनका समय सकिने भए पछि मन्त्रिपरिषदको बैठकले लकडाउनको समय थप गरेको हो ।

त्यसै गरि बैठकले वैशाख १८ गतेसम्म हवाई उडान स्थगित गर्ने निर्णय गरेको जनाएको छ ।

कमेन्टहरु
Loading...