थप ६७१ जनामा कोरोना संक्रमण, थप दुई जनाको मृत्यु

कोरोना भाइरस कोभिड–१९
0

काठमाडौं, ४ असार / नेपालमा पछिल्लो २४ घण्टामा थप ६७१ जनामा कोरोना भाइरस (कोभिड -१९) को संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको छ । उनीहरु मध्ये २२ जनाको मृत्यु भएको छ भने १ हजार १ सय ८६ जना निको भएर घर फर्किएका छन् ।

संक्रमितमा भक्तपुर, डडलधुरा, कैलाली, कपिलबस्तु, काठमाडौं, नुवाकोट, रौतहट, रुपन्देही, सर्लाही, सिन्धुपाल्चोक, ललितपुर र महोत्तरी, सिन्धुली, पर्वत, चितवन, धनुषा, बागलुङ, मनाङ, नवलपुर, स्याङजा, तनहुँ लगायतका जिल्लाका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

गण्डकी प्रदेशमा बिहीबार मात्रै ७७ जना थपिएपछि कोरोना संक्रमितको संख्या ३ सय २४ पुगेको छ ।
यसैबीच नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । कैलालीको गोदावरी ४ का ४६ वर्षीय पुरुष र कैलालीकै लम्किचुहा २ का ४३ वर्षिया महिलाको कोरोनाका कारण मृत्यु भएको गौतमले जानकारी दिए ।

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।

रिप्लाई दिनुहोस्

कमेन्ट गर्न इमेल आवश्यक छ तर सार्वजनिक गरिने छैन ।