कसरी छुटे नक्कली डाक्टर

नक्कली डाक्टरको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्की सोमबार पोखरामा पक्राउ परेका १० जना व्यतिmहरु जनहि १८ हजार धरौटिमा रिहा भए । नक्कली डाक्टरको अभियोगमा प्रक्राउ परेकाहरु किन धरौटी छुटे भन्ने अहिले सबैको चासोको विषय बनेको छ । नक्कलीलाई सक्कली भएको प्रमाण नल्याइ धरौटीमा छुटाउन ठुलै चलखेल भएको जिल्ला प्रशासन कार्यालय कास्कीका स्रोतले बतायो ।

जिल्ला प्रसाशन कार्यालय कास्कीले मंगलबार उनीहरुलाई बयान लिई १८ हजार धरौटिमा रिहा गरेको थियो । डाक्टर उपाधि पाएको प्रमाणपत्र सहित उपस्थीत हुन प्रसासनले समय सिमा तोकेर उनीहरुलाई रिहा गरेको कास्कीका साहायक प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिल्वालले बताए ।

उनीहरुले प्रयोग गर्दै आएको डाक्टको पद पुष्टी नभएसम्म पद प्रयोग नगर्न निर्देशन दिदै साहायक प्रमुख जिल्ला अधिकारी सिल्वालले पुनः डाक्टरी पद पुष्टी नभई प्रयोग गरेमा जेल चलान गर्ने चेतावनी दिएका छन । उनीहरुले संचालन गर्दै आएका प्राकृतिक चिकित्सा, होमियो पोलि क्लीनीकहरु तर्फ भने प्रसासनले कुनै रोक नगर्ने भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले योग प्राकृतिक तथा बैकल्पिक चिकित्सा परिषद् कार्य समितीका अध्यक्ष एवम सुपरभिजन प्राकृतिक स्वास्थ्य केन्द्रका संचालक डिलाराज लामिछाने सहित १० जनालाई प्रहरीले प्रक्राउ गरेको थियो । डाक्टरको उपाधि नपाएका तर स्वास्थ्य उपचारमा संलग्न भएका तथा उनीहरुले स्वास्थ्य उपचारकेन्द्र समेत स्थापना गरेकोले सुचनाको आधारमा उनीहरुलाई सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको थियो ।

कमेन्टहरु
Loading...