नाग लान लागे पछि लामाचौरमा झडप

सागर राज तिमिल्सिना
पोखरा, २७ माघ/कास्कीको लामाचौर गोष्तेघाट स्थीत सेतीनदी किनारा केहि दिन पहिलेबाट देखिएको नाग अन्यत्र लैजान थालेको भन्दै लामाचौरमा गोष्टेघाटमा झडप भएको छ । छोरेपाटनका ज्योतिष निरविक्रम पौडेल र पोखरा १० का नितेन्द्र भुत्यालले नागलाई त्यस ठाउँबाट लिएर हिड्न लागेको भन्दै झडप भएको हो । झडपलाई साम्य पार्न प्रहरी नै पुग्नु प¥यो । स्थानी र दुबै जना विचको वार्ता मिलाउन जिल्ला प्रहरी कार्यालय कास्की सम्मै पुग्नु प¥यो ।

प्रहरी कार्यालयमा पुगे पछि मात्रै थाहा भएकी उनिहरुले नागलाई लान लागेका रहेन छन् उनिहरुले त संरक्षण गर्नु पर्दछ भनेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपि सन्तोष खड्काले बताए । भनाइ र सुनुवाइ फरक हुदा झडप हुन पुगेको बताउदै खड्कले मिलाए पठाएको बताए । उनिहरु दुबैले तन्त्रमन्त्र पढेपछि नागलाई ढुङ्गाको कापबाट झिकेका थिए । उनिहरुले नागलाई हातमा लिने, घाटीमा माला लगाउने लगाएतका क्रियाकलाप गरेर स्थानीयलाई देखाएको खड्कले बताए । त्यस पछि उनिहरुले नागलाई लिएरै जान लागेको भन्दै स्थानीयले रोकेका थिए ।setinadi nage

स्थानीयले नाग भन्दै केहि दिन देखि हेर्नेहरुको भिड् लागेको छ । सेतीनदी किनारामा एकै ठाँउ वरीपरि लामो समय सम्म देखि पछि नाग भएको भन्दै स्थानीयको घुइचो लागेको हो । ढुङ्गा मुनी आदि शरिर देख्न सकिने थियो । देखिएको नाग नै भएको भन्दै हेर्न जाने मानिसहरुको भिड् लाग्ने गरेको छ । नागको रुपमा स्थानीय पुजारीहरुले पुजा समेत गर्ने गरेका छन् । सेतीनदी किनारमा नाग केहि भाग देखिने दृष्य रहेकोले मानिसहरुमा कौतुहल्ता अझ बढेको स्थानीय बुद्धि खत्रिले जानकारी दिए ।

नदि किनारमा ट्रकमा ढुङ्गा, बालुवा राख्ने क्रममा ट्रक चालकले देखे पछि एक कान दुई कान मैदान भए पछि दैनिक मानिसको भिड् लाग्ने गरेको छ । नदि किनारमाको ढुङ्गाको कापमा रहेको नाग केहि भाग देखिएको छ । कहिले काही बाहिर पनि निस्कने गरेको छ । नाग नै भएको भन्दै मानिसहरु नाग चढेको भन्दै काम्ने समेत गरेका छन् । स्थानीयले श्रीपन्चमीमा नागको पुजा समेत गरेका थिए ।

कमेन्टहरु
Loading...