‘नेहा’ हत्या आरोपी खड्गीलाई पुर्पक्षका लागि थुनामा

पोखरा १८ फागुन /पोखरा १५ की १८ वर्षिय योरुना पुन ‘नेहा’ को हत्या आरोपमा कृतन खड्गीलाई पुर्पक्षको लागि थुनामा पठाइएको छ । कास्की जिल्ला अदालतले मंगलवार हत्यामा संलग्न भनिएका पोखरा ९ नयाँबजारका २१ बर्षिय सतिश भन्ने कृतन खड्गीलाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको हो ।

सोमवार र मंगलवार दुई दिन सम्म चलेको बहस र अहिलेसम्म प्राप्त प्रमाणका आधारमा कसुरदार ठहर गरी उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको जिल्ला अदालत कास्कीका श्रेस्तेदार दिनबन्धु वरालले जानकारी दिए । जिल्ला न्यायधिश शेखर प्रसाद पौडेलको ईजलासले उनलाई थुनामा राख्ने आदेश दिएको हो ।

खड्गी बिरुद्ध दायर जवरजस्ती करणी तथा कर्तब्य ज्यान मुद्धामा सरकारको तर्फबाट जिल्ला न्यायधिबक्ता गंगा प्रसाद पौडेल तथा जायरवालाको तर्फबाट सुरेन्द्र थापा मगर ,सरिता थापा, विनिता नेपाली, सोभा पौडेल र सरलाकुमारी पाण्डेले बहस गरेका थिए । प्रतिवादीको तर्फबाट दुर्गेस राज पन्तले बहस गरेका थिए । कास्की प्रहरीले गत माघ १८ गते राति भएको हत्या अरोपमा खड्गीलाई २० गते पक्राउ गरेको थियो । सोमबार र मंगलबार अदालत अगाडी आफ्न्तहरुले धर्ना दिएका थिए ।

कमेन्टहरु
Loading...