मुक्तिनाथबाट फर्किदै गरेको बस दुर्घटना, ५ को मृत्यु, १४ घाइतेको पोखरामा उपचार हुदै (फोटो फिचर र भिडियो सहित)

सागर राज तिमिल्सिना
पोखरा, ९ बैशाख /मुक्तिनाथ दर्शन गरि जोमसोम तर्फ आउदै गरेको ना ५ ख ६०६७ नं. को बस मुस्ताङको कागवेनी नजिक दुर्घट्ना हुदाँ ५ जनाको मृत्यु भएको छ । दुर्घट्नमा परि ३ जनाको घट्नास्थल मै ज्यान गएको हो भने २ जनाको उपचारको क्रममा जिल्ला अस्पता मुस्ताङमा ज्यान गएको प्रहरीले जनाएको छ ।

३० घाईते मध्ये १४ जनालाई पोखरामा उपचारका लागि ल्याएको छ । मृत्यु हुनेमा भक्तपुर जिल्ला महालक्ष्मी नगरपालीका २ ईमाडोलका ५५ वर्षिय लिला खडका, सोही नगरपालीका ८की अन्दाजी वर्ष ३५ की सीता तिमिल्सिना, काठमाण्डौ महानगरपालीका ३५ का ५५ वर्षिय भोला अधिकारी, सोही महानगरपालीका ३२का ४५वर्षिय पुरुषोत्तम ढकाल र सोही महानगरपालीका ३ का ७० वर्षिय कान्छी खड्का रहेका छन् ।
अन्य ३० जना घाईते गम्भिर घाईते भएका १४ जनालाई थप उपचारका लागी आर्मीको हेलिकप्टर मार्फत पोखरा ल्याई विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।
https://www.youtube.com/watch?v=mfBSOg9EnWk&feature=youtu.be

कमेन्टहरु
Loading...