मृत्युदण्ड सुनाइएका युवाको रिहाइका लागि आग्रह

सङ्खुवासभा, १ माघ /मत्स्यपोखरी गाबिस–३ का २३ वर्षीय अनिस खालिङग राईलाई युएईको दुवईस्थित माथिल्लो अदालतले जनवरी १४ मा तल्लो अदालतको मृत्युदण्डको फैसलालाई सदर गर्दै मृत्यू दण्ड सुनाए पछि परिवारले हारगुहार गर्दे ज्यान बाचय दिन सरकारसँग माग गर्नुभयो ।

छोरालाई मृत्यू दण्ड सुनाए पछि उनका ७५ वर्षीय बुबा भीमप्रसाद, ५७ वर्षीया आमा डिकमाया, पत्नि रविता र नाबालक छोरी रितु न्यायको खोजीमा काठमाडौँ पुगेका छन् । दुवईको आबुधावीमा घरेलु कामदारका रुपमा काम गरिरहेका राईलाई पाकिस्तानी नागरिक बङगाल खानको हत्या गरेको आरोपमा दुई महिना अघि त्यहाँको तल्लो अदालतले मृत्युदण्डको फैसला सुनाएका थिए ।

परिवारले छोराको जीवनरक्षाका लागि सञ्चारमाध्यम, राज्य तथा मानवअधिकारकर्मीले पहल गरिदिन आग्रह गरे । नवनिर्वाचित सभासद् तारामान गुरुङले र दिपककुमार खड्काले राईको जीवनरक्षाका लागि आफूले आफ्नो पार्टीमा आवाज उठाउने वचन दिँदै उसलाई सकुशल नेपाल फर्काउन सबै लाग्नुपर्ने बताउनुभयो । उहाँहरुले निर्दोष राईलाई त्यहाँको अदालतले फसाएको दाबी गरे पनि नेपाल सरकार गम्भीर भएर लाग्नुपर्ने र परराष्ट्र मन्त्रालयमार्फत पहल गर्नुपर्ने बताउनुभयो ।

कमेन्टहरु
Loading...