पोखरा उद्योग वाणिज्य संघमा औद्योगिक सदस्यबाट मोहनबाबु खड्का निर्बिरोध

पोखरा, २४ भदौ/पोखरा उद्योग वाणिज्य संघको औद्योगिक सदस्यमा मोहनबाबु खड्का निर्बिरोध निर्वाचित भएका छन् । एकजना औद्योगिक सदस्यका लागि खड्कासँगै हिरामणि पण्डितले उम्मेदवारी दिएकोमा फिर्ता लिए पछि खड्का निर्वाचित भएका हुन् ।

पण्डितले बिहीबार आफ्नो उम्मेदवारी फिर्ता लिएपछि खड्का सर्बसम्मत औद्योगिक सदस्य भएका हुन् । अन्य कुनै पनि पदमा उम्मेदवारी फिर्ता नभएको निर्वाचन संयोजक तथा संघका पूर्व अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए । उम्मेदवारी फिर्ता लिने समय बिहीबार दिउसो ४ बजे सकिएको छ ।

मोहनबाबु खड्का
मोहनबाबु खड्का

उम्मेदवारी फिर्ता लिने पण्डितलाई धन्यवाद दिँदै खड्काले सम्पूर्ण सदस्यको भावना अनुसार आफूले संघमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । स्वरुप टायर एण्ड ट्रेड इण्डष्ट्रिज, भद्रकाली टायर रिसोलिङ, मोनिका सप्लायर्स, भद्रकाली टायर सप्लायर्सका सञ्चालक खड्का विभिन्न सामाजिक संघसंस्थामा आवद्ध छन् ।

पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोसिएसनका महासचिव खड्का लायन्स डिष्ट्रिक ३२५ बि १ नेपालका डिष्ट्रिक एडभाइजर हुन् । साइकल सिटी पोखराका संस्थापक सदस्य खड्का कास्की नेत्रहिन संघको सल्लाहकार भएर सामाजिक काम गरिरहेका छन् । सामाजिक क्षेत्रमा काम गर्न निकै चासो राख्ने खड्काले संघमा रहेर सम्पूर्ण व्यवसायी तथा उद्योगीहरुको हकहितका पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कमेन्टहरु
Loading...