मौसम विभागको अनुमान वर्षा र हिमपात

पोखरा, ८ माघ /मौसम विभागले मंगलबार पहाडी क्षेत्रमा हल्का वर्षा हुने र हिमाली भेगमा हिउ पर्ने अनुमान गरेको छ । देशको पश्चिमी भुभागमा सामान्य देखि पुर्ण बदली र बाँकी भुभागमा सामान्य बदलि हुने जनाएको छ ।

पश्चिमि क्षेत्रका अधिकांश स्थानहरुमा तथा मध्य र पूर्वी क्षेत्रका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको विभागले जनाएको छ। त्यसै गरि पश्चिमि र मध्यका हिमालि भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको उल्लेख गरेको छ ।

पूर्वी हिमाली भेगका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको मौषम विभाले जनाएको छ ।

माघ ०८ गते (मंगलवार)

दिउँसो- देशको पश्चिमी भुभागमा सामान्य देखि पुर्ण बदली र बाँकी भुभागमा सामान्य बदलि हुनेछ ्र पश्चिमि क्षेत्रका अधिकांश स्थानहरुमा तथा मध्य र पूर्वी क्षेत्रका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना छ। साथै पश्चिमि र मध्यका हिमालि भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना देखिन्छ भने पूर्वी हिमाली भेगका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातिः देशको पहाडी भुभागमा सामान्य देखि पुर्ण बदलि र बाँकी भुभागमा सामान्य बदलि हुनेछ ्र पश्चिमि क्षेत्रका अधिकांश स्थानहरुमा तथा मध्य र पूर्वी क्षेत्रका केहि स्थानहरुमा हल्का वर्षाको संभावना छ। साथै पश्चिमि र मध्यका हिमालि भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि संभावना देखिन्छ भने पूर्वी हिमाली भेगका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

माघ ०९ गते (बुधवार)

दिउँसो- देशभर सामान्यतया बदलि हुनेछ ्र पश्चिमि क्षेत्रका अधिकांश स्थानहरुमा तथा मध्य र पूर्वी क्षेत्रका केहि स्थानहरुमा हल्का वर्षाको संभावना छ। साथै देशको हिमालि भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि संभावना देखिन्छ ।

रातिः देशभर सामान्यतया बदलि हुनेछ ् पश्चिमि क्षेत्रका केहि स्थानहरुमा तथा मध्य र पूर्वी क्षेत्रका एक वा दुई स्थानहरुमा हल्का वर्षाको संभावना छ। साथै देशको हिमालि भेगका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि संभावना देखिन्छ ।

माघ १० गते (बिहिवार)

दिउँसो- देशको पश्चिमी भुभागमा आंसिक देखि सामान्य बदली, पुर्वी तथा मध्यका पहाडी भुभागमा आंसिक बदली र बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ ्

रातिः देशको पहाडी भुभागमा आंसिक बदली रहने र बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ तथापि मध्यरात पश्चात देशभरी आंसिक बदली रहने संभावना छ ्र

कमेन्टहरु
Loading...