विराट ज्ञान महायज्ञमा भक्तजनको घुइचो बढ्दै

पोखरा, २४ माघ। ब्राहमण समाज नेपाल कास्कीकोे आयोजनामा पोखरामा शुरु भएको श्रीमद्भागवत् सप्ताह तथा धन धान्याञ्चल विराट ज्ञान महायज्ञमा बुधबार भक्तजनको संख्या ह्वातै बढेको छ। महायज्ञको पहिलो र दोस्रो दिन तथा वर्षाका कारण मङ्गलबार भक्तजनको संख्यामा केहि कमी आएपनि बुधबार भक्तजनको संख्या ह्वात्तै बढेको हो ।

महायज्ञमा सहभागिताका लागि आग्रहगर्दै आयोजक समिति र स्थानीय सहयोग समितिले घर दैलो कार्यक्रमलाई तिव्रपार्दै महायज्ञमा सहभागि भएर सक्दो दान गर्न आग्रह गरेपछि बुधबारदेखि कास्कीको पोखरा उपमहानगरपालिका र लेखनाथका वडाहरु, कास्कीका ४३ गाविस र विभिन्न जिल्लाबाट भक्तजन आउने क्रम बढेको प्रचार प्रसार समितिका संयोजक बलराम ढुगानाले बताए। बुधबार म्याग्दी, वाग्लुङ र काठमाण्डौबाट समेत भक्तजनहरु आएर दान दिएका छन्। आयोजकले महायज्ञमा ठुलो रकम दान दिने दानवीरहरुलाई छिट्टै प्रस्तुत गर्ने जनाएको छ।

महायज्ञमा बुधबार व्राहमण समाज बेनीले तीन लाख ३३ हजार तीन सय ३३, पोखरा –७ का रामप्रसाद वस्ताकोटीले एक लाख ५१ हजार पाँच सय ५५, लेखनाथ – ७ का चतुराखर अधिकारीले एक लाख एक हजार पाँच सय १५, पोखरा – १४ स्थित सापकोटा परिवारले एक लाख एक हजार एक सय ११, पोखरा – १ का देउमाया पराजुलीले एक लाख एक हजार, पोखरा – १२ का वलराम ढु·ाना, तिलकराम लम्साल, लेखनाथ – ३ का सूर्यमोहन भट्टराई र पोखरा – १० का तोयनाथ गौतमले जनही ५५ हजार पाँच सय ५५÷५५ हजार पाँच सय ५५ रुपैया प्रदान गरेका छन्।

जातीय सद्भाव कायम गर्ने, ब्राहमण समाज नेपालको केन्द्रीय भवन निर्माण गर्ने, सनातन धर्म दर्शन÷संस्कार र संस्कृतिको अध्यापन गराउने, वैद्विक गुरुकुल आश्रम संचालन गर्ने, बहुउदेश्यीय सामुदायिक भवन र सन्त निवास निर्माण लगायतका उदेश्यले महायज्ञ आयोजना गरिएकोे हो।
पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा शुरु भएको महायज्ञ माघ २७ गतेसम्म चल्ने छ। महायज्ञबाट १० करोड रुपैया संकलन गर्ने लक्ष्य लिइएको छ। महायज्ञमा युवा पण्डीत कमलनयन गौतमले भागवत् वाचन गरेका छन्। कार्यक्रमको संचालन बरिष्ठ उद्घोषक नेत्रपाणी बाँस्तोलाले गरेका थिए।

महायज्ञस्थलमा नै श्रीमद्भागवत महापुराण, शिव पुराण, गणेश पुराण, श्रीमद्देवीभागवत् पुराण, सुर्य पुराण, रुद्रभिषेक जप, रक्षवर्ती दिप प्रज्वलन, हवनादी जस्ता कार्यक्रमहरु पनि संचालन गरिएको छ। ती कार्यक्रममा प्रमुख आचार्य गङ्गाधर तिमिल्सिनाले वाचन गरेका छन्। महायज्ञ मुल समारोह समितिले महायज्ञमा सहभागि भएर सक्दो दान गर्न सवैलाई आग्रह गरेको छ।

कमेन्टहरु
Loading...