मदिरा बिक्रिमा नयाँ नियम, ५ घन्टा मात्रै बिक्रि गर्ने पाइने

पोखरा, १७ मंसिर /सरकारले मदिरा बिक्री वितरणमा कडाइ गर्दै विक्रिवितरणमा समयको बन्देज लगाउने भएको छ । सरकारले मदिरा उत्पादन र बिक्री वितरण नियम तथा हानिकारक सेवन नियन्त्रण सम्बन्धी कार्यकारी आदेश–२०७५ जारी गर्ने तयारी गरेको छ ।

आदेशको मस्यौदा तयार भएर छलफल क्रममा रहेको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए । मस्यौदामा नयाँ मदिरा उद्योग अनुमति तथा दर्ता गर्ने काम हाललाई स्थगित गर्ने भनिएको छ ।

अनुमति लिएर ६० प्रतिशत बढी लगानी तथा तयारी पूरा गरेका बाहेक अन्यलाई संचालन अनुमति नदिने उल्लेख छ । सञ्चालनमा रहेकाको शाखा विस्तार तथा क्षमता वृद्धि अनुमति पनि स्थगित गर्ने व्यवस्था मस्यौदामा छ ।

बिक्रेताले दिउँसो ४ बजेदेखि राति ९ बजेसम्म र होटल तथा रेष्टुरेन्टले साँझ ५ देखि १० बजेसम्म मात्रै मदिरा बेच्न पाउने मस्यौदा बनाइएको छ । सार्वजनिक स्थलमा बसेर सेवन गर्न नपाउने व्यवस्था गरिने भएको छ ।

मस्यौदा कार्यान्वयनपछि समाजमा हुने अपराधमा कमी आउने गृहमन्त्रालयको दावी छ । तर व्यवसायीले भने नयाँ उद्योग खोल्न नपाउदा खुलेका उद्योगको मनोपोली हुने बताएका छन् ।

कमेन्टहरु
Loading...