मादी खोलामा बेपत्ता पर्यटकको अबस्था अझै अज्ञात

पोखरा १२ भदौ/पदयात्राको क्रममा सोमबारदेखि मादी खोलामा बेपत्ता पर्यटकको अवस्था बारे अझै खुल्न सकेको छैन । पदयात्राको क्रममा घान्द्रुक ९ देउरालीबाट खोलामा खसेकी कोरियन मुलकी ४६ बर्षिय क्यानेडियन नागरिक सनयुकिमको अबस्था अझै पत्ता लाउन नसकिएको प्रहरीले जनाएको छ ।
सोमबार र मंगलबार दिनभर खोजी गरेपनि पत्ता लाउन नसकिएको प्रहरीले जानकारी दिएको छ । बर्षाको बेला खोला निकै ठुलो भएकाले पनि फेला पर्ने संभावना कम रहेको घान्द्रुक प्रहरी चौकीले जनाएको छ । सोमबार बिहान साढे १० बजे बेपत्ता भएपनि खोजीको लागि घान्द्रुक प्रहरी चौकीबाट गएको प्रहरीटोली मंगलबार बिहान मात्र पुगेको थियो ।
स्थानिय ब्यबशायी, सर्बसाधाणले खोजी गरेपनि अबस्था अझै अज्ञात छ । घटनास्थल ईलाका प्रहरी कार्यालय घान्द्रुकबाट १५ घण्टाको पैदल दुरीमा छ । ईसियन्स ट्रेक एण्ड एक्पिडिसनबाट शनिबार अन्नपूर्ण बेसक्याम्प पदयात्राको लागि गएकी उनि एक्कासी भिरबाट खसेको नेपाली गाईड संगम राईले बताए । फोटो खिच्नको लागि गएका बेला खोलामा बसेर उनि बेपत्ता भएको आशंका गरिएको छ ।

कमेन्टहरु
Loading...