एमाओवादी नाङ्गिँदै गयो : नेपाल

कृष्ण खनाल/३० चैत, बुटवल । पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल एमाओेवादीको सत्ताकब्जा गर्ने रणनीति असफल भएपछि विस्तारै नाङ्गीगदै गएको बताउनुभएको छ ।

madhav-nepal

डा. बाबुराम भट्टराईको सरकारबाट एमाओवादीले सत्ता कब्जा गर्ने असफल रणनीति लिएकोमा नेकपा एमाले लगायतका दलहरुले असफल पारेपछी विस्तारै कमजोर हुदै गएको बताउनुभएको हो ।

नेपाल बुद्धिजिवी परिषद् रुपन्देहीले बुटवलमा गरेको ‘समसामयीक राजनीतिमा नेकपा एमालेको दृष्टिकोण र बुद्धिजिवीहरुको भुमिका’ विषयक अन्र्तक्रियामा एमाले बरिष्ठ नेता नेपालले एमाओवादीका अध्यक्ष प्रचण्डको पटक पटक कुरा फेर्ने बानीको कारण पनि माओवादी विस्तारै कमजोर हुदै गएको स्पष्ट पार्नुभयो । नेपालले भन्नुभयो -’प्रचण्डले धेरै पटक झुट बोलेका छन् जसको कारण पार्टी विस्तारै अधोगती तर्फ लागेको छ ।’

कार्यक्रममा नेकपा एमालेका सचिव विष्णु पौडेलले अवको चुनावमा नेकपा एमाले पहिलोशक्तीको रुपमा आउने दावि गर्दै प्रचण्डले चुनाव असफल गराउनतर्फ लागेको आरोप लगाउनुभयो । उहाँले अहिले माओवादी आफु असफल भएपछि आफ्नो हिसाब किताव खोज्न तर्फ लागेको भन्दै माओवादी भित्रको अन्तरिक द्वन्द्वको कारण पार्टी विभाजन भएको बताउनुभयो । cp. onlinekhabar

कमेन्टहरु
Loading...