लकडाउन खुकुलोः मन्त्रिपरिषद् मा छलफल, कार्ययोजना बनाउन उच्चस्तरीय समितिलाई निर्देशन

काठमाडौं, २३ जेठ / मन्त्रिपरिषद् बैठकले लकडाउनलाई खुकुलो बनाउने विषयमा छलफल गर्दै कार्ययोजना बनाउन निर्देशन दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार रातिसम्म चलेको बैठकमा लकडाउन खुकुलो बनाउने विषयमा छलफल भएपनि ठोस निर्णय हुन सक्ने ।

लकडाउन खुकुलो कसरी गर्ने भन्ने विषयमा कार्ययोजना बनाउन उच्चस्तरीय समितिलाई जिम्मेवारी दिइएको एक मन्त्रीले जानकारी दिए । समितिले बनाएको कार्ययोजनाका आधारमा मन्त्रिपरिषद्ले थप निर्णय गने उनको भनाई छ ।

सरकारले पछिल्लो पटक जेठ ३२ गतेसम्म लकडाउन घोषणा गरेको छ । चैत ११ यता लगातारको लकडाउनले सर्वसाधारणको जनजीवन प्रभावित हुनुका साथै आर्थिक गतिविधिमा समेत असर गरेकाले यसको मोडालिटी परिवर्तन गर्न चौतर्फी दवाव सरकारमाथि छ ।

कमेन्टहरु
Loading...