लकडाउन खुकुलोः पसल खुल्न पाइने, सवारीमा जोर विजोरमा

काठमाडौं, २९ जेठ/ चौतर्फि विरोध भएपछि सरकारले लडाउन खुकुलो बनाउने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको खुकुलो बनाउने निर्णय गरेको हो ।

स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेर कृषि, उद्योग, ब्यापार र सवारीमा खुकुलो गर्ने निर्णय गरेको एक मन्त्रीले भने ।

काठमाडौं, पोखरा उपत्यकासहित जोखिम कम भएका क्षेत्रहरूमा जोर विजोर प्रणाली लागू गरेर सवारी सञ्चालन गर्ने तयारी रहेको उनले बताए ।

विद्यालय, सिनेमा हल, मल लगायतका धेरै भीडभाड हुने स्थानहरु तत्काल खुल्ने छैनन् । यसबारे आज सरकारले विस्तृत जानकारी दिने छ ।

चैतको ११ गतेबाट लकडाउन गरेको थियो । त्यसयता पटकपटक लकडाउनको समय थप गरिएको छ र पछिल्लो पटक थपिएको समय जेठ ३२ सम्म कायम छ ।

पछिल्लो पटक लकडाउन खुकुलो बनाउन सीसीएमसीले ६ चरणको लुजडाउन प्रस्ताव पनि बनाएको थियो ।

उच्चस्तरीय समन्वय समितिको छुट्टै प्रस्ताव थियो । दुवै प्रस्तावलाई मर्ज गरेर बनेको प्रस्तावमा बुधबार छलफल भएको थियो ।

कमेन्टहरु
Loading...