प्रत्येक हप्ता लायन्सको स्कुल सञ्चालन

पोखरा, ७ साउन / हरेक साता शुक्रबार लायन्सको स्कुल सञ्चालन गरिएको छ । लायन्सको विषयमा आफ्ना सदस्यहरुलाई जानकारी गराउने र पढाउने उद्देश्यले लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालले लायन्स स्कुल सञ्चालन गरेको हो ।

सातामा एक दिन क्रमशः पोखरा, काठमाडौं लगायत मोफसलका जिल्लाहरुमा शुक्रबार साँझ स्कुल सञ्चालन हुनेछ । स्कुलमा लायन्स लिडर तथा एक्स्पर्टहरुले कक्षा लिने डिष्ट्रिक्ट गभर्नर धनराज आचार्यले जानकारी दिए । ‘लायन्स सदस्य तथा लिडरहरुलाई लायन्स सम्बन्धी ज्ञान हाँसिल गर्न र नेतृत्व क्षमता विकास गर्न स्कुल प्रभावकारी बन्ने विश्वास लिएको छु,’ उनले भने ।

लायन्सको विभिन्न पदमा रहेका लिडरहरुलाई पदीय काम, कर्तव्य र अधिकारको बारेमा बुझ्न स्कुल सहयोगी बन्ने क्याबिनेट सेक्रेटरी चण्डीप्रसाद आर्यालले जानकारी दिए । यसैक्रममा साउन ६ गते शुक्रबार पोखरास्थित नोभेल एकेडेमीमा लायन्स स्कुल सञ्चालन भएको छ । उक्त अवसरमा डिष्ट्रिक्ट चिफ एडभाइजर मनबहादुर रोका र सेक्रेटरी चण्डीप्रसाद अर्यालले क्लबका सचिव र रिपोर्टिङ अफिसरलाई डिष्ट्रिक्ट र इन्टरनेशनलमा गर्ने रिपोर्टिङको बारेमा कक्षा लिएका छन् ।

कमेन्टहरु
Loading...