अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ बी १ को गर्भनरमा शेरचन

पोखरा, १ बैशाख/ लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ बी १ को प्रथम राष्ट्रिय महाधिवेशनले फस्ट भाईस डिष्टिक्ट गर्भनर युक्तप्रसाद श्रेष्ठ डिष्टिक्ट गर्भरनरमा चयन गर्दै पोखरामा सकिएको छ । त्यसै गरी फष्ट डिस्टिक्ट गर्भनरमा भुगोल सेरचन र सेकेण्ड भाईस डिष्टिक गर्भनरमा धुव्रबहादुर थापा निर्वारोध निर्वाचित भएका छन् । लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ बी वानमा नेपालमा हाल १ सय १४ वटा क्लब छन भने जसमा ३ हजार २ सय जना सदस्य रहेको क्लवले जनाएको छ ।

लायन्स क्लब अफ पोखरा गण्डकीको आतिथ्यतामा पोखरामा सन्चालीत महाधिवेशनको राष्ट्रिय महाधिवेशनको उद्घाटन लायन्स अन्तराष्ट्रिय पुर्व निर्देशक विष्णु बजौरीयाले गरेका थिए । महाधिवेसनको उद्घाटन सत्र अघि पोखराको मानव अधिकारचोकबाट बिभिन्न जनजातिको झांँकी सहितको र्यालीले नगर परीक्रमा गरी पोखरा सभागृह हलमा पुगेर उद्घाटन सत्रमा परिणत भएको थियो । अधिवेसको र्यालीमा सहभागि झाँकी मध्ये ब्रह््रमकुमारी ईश्वरीय विश्वबिद्यालय नयाँ बजार पोखरा उत्कृष्ट भएको छ ।

त्यसै गरी रामबजार ताया माचाः नृत्य समिति दोश्रो बाझा पाटन तमु समाज तेश्रो भयो । नृत्य तर्फ देउरालीको स्टीक डान्स प्रथम, राष्ट्रिय लोक तथा भजन चुड्का प्रतिष्ठान दोश्रो पुन समाजको थाली नृत्य तेश्रो भयो । विजयी प्रतियोगिहरुलाई ट्रफिको साथमा पृरस्कृत गरीएको हो । उक्त र्याली पोखराको चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजार, पृथ्बीचोक, सभागृहचोक हुदै पोखरा सभागृहमा पुगेर टुंगीएको थियो ।

महाधिवेशनमा लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ बी १ अन्र्तगत दुई हजार लायन्सको सहभागिता रहेको थियो । हामी सेवा गछौ भन्ने नारा सहित सामाजीक सेवामा लागेको लायन्सको नेपालमा चार वटा डिष्ट्रिक रहेका छन् । लायन्स क्लब अफ पोखरा गण्डकी विश्वको पहिलो महिला लायन्स क्लब भएको संयोजक शर्माको दाबी छ ।

कमेन्टहरु
Loading...