लेखनाथको महायज्ञमा ७३ लाख संकलन

लेखनाथ,६ जेठ। सात सातको बगैचा शहर लेखनाथमा आयोजित श्रीमद्भागवत् महापुराण ज्ञान महायज्ञ तथा हात्तीआरोहण कार्यक्रममा आठौ दिन आइतबारसम्ममा ७३ लाख रुपैया संकलन भएको छ। महायज्ञमा आइतबार पनि दानवीर र भक्तजनको अत्याधिक घुँइचो लागेको थियो। महायज्ञमा दान गर्न आइतबार पनि आमा समुह, टोल विकास संस्था, क्लव, शैक्षिक संस्था र दानवीरहरुको घुइचो लागेको हो।

sammanमहायज्ञमा आइतबार पनि कास्कीका गाविसहरु, पोखरा र लेखनाथका विभिन्न वडाहरुबाट भक्तजन र दानवीरहरु पुगेका छन्। महायज्ञमा भइरहेको सहभागीताले हामीलाई उत्साहित बनाएको छ महायज्ञ प्रचार प्रसार समितिका संयोजक मोती गिरीले भने – सोमबार पनि महायज्ञमा सहभागीताका लागि अनुरोध गर्दछौ। महायज्ञको सोमबार नै समापन गरिने महायज्ञ मुल आयोजक समितिका संयोजक शेरबहादुर गुरुङले बताए।

महायज्ञमा १०८ स्वामि महाराज विष्णु वशिष्ठ हरिद्वार प्रमुख वाचक रहेका छन्। यसैवीच आयोजकले महायज्ञमा उद्घोषको भुमिका निर्वाह गरिरहेका बरिष्ठ उद्घोषक नेत्रपाणी बाँस्तोलालाई आइतबार सम्मान गरेको छ। उनलाई दुवोको माला, दोसल्ला पत्र सहित सम्मान पत्र प्रदान गरिएको थियो। महायज्ञमा उद्घोषण कलाको माध्यमबाट दानवीर र भक्तजनको मन जित्दै दान रकम बढाउन महत्वपुर्ण भुमिका निर्वाह गरेकोभन्दै उनलाई सम्मान गरिएको हो।

प्रमुख वाचक १०८ स्वामि महाराज विष्णु वशिष्ठ हरिद्वार, महायज्ञ मुल आयोजक समितिका संयोजक शेरबहादुर गुरुङ, प्रथम दानवीर एवं बरिष्ठ समाजसेवी गमबहादुर गुरुङ, जग्गादाता उमादेवी गुरुङ र दान उत्प्रेरक समितिका संयोजक मेजर रामप्रसाद गुरुङ लगायतले उनलाई सम्मान गरेका थिए। केहि समय यता देशका विभिन्न स्थानमा संचालित महायज्ञहरुमा उद्घोषणको भुमिकामा बास्तोला व्यस्त रहदै आएका छन्।

अनाथ बाल तथा बृद्वाश्रम, आपतकालीन अस्पताल, भोजनालय र मंगल संस्कृति विद्यालय स्थापनाका लागि आर्थिक सहयोग जुटाउने उदेश्यले बैशाख २९ गतेदेखि महायज्ञ शुरु भएको हो। श्रीकृष्ण प्रणामी परमार्थ मिशन ट्रष्ट मन्दिर तथा अनाथ सेवा आश्रमले लेखनाथ नगरपालिका वडा – ७ स्थित डाडाँकोनाकमा आयोजना गरेको महायज्ञ राष्ट्रिय स्वाधिनता, जातीय सद्भाव र विश्वशान्ति कायम गर्न तथा लेखनाथलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न समेत महत्वपुर्ण हुने विश्वास लिइएको छ।

 

कमेन्टहरु
Loading...