लेकसिटी कलेजमा मल्टिमिडिया पत्रकारिताको प्रशिक्षण सम्पन्न

पोखरा, ८ फागुन/लेकसिटी कलेज एण्ड रिसर्च सेन्टरमा दुई दिने मल्टिमिडिया पत्रकारिता सम्बन्धि प्रशिक्षण कार्यक्रम सोमबार सम्पन्न भएको छ ।  कलेजले  पत्रकारिता तथा आमसंचार विषय अध्ययनरत विद्यार्थीका लागि मल्टिमिडिया सम्बन्धित प्रशिक्षण दिएको हो । मल्टिमिडिया पत्रकारिता प्रशिक्षण समापन कार्यक्रमका पृथ्वी नारायण क्याम्पस प्रमुख  डा. गेहेन्द्रेश्वर कोइरालाले पत्रकारितामा अवसर र चुनौती दुवै रहेकोले अहिलेका पुस्ताका विद्यार्थीहरु सक्रिय भई लाग्नुपर्ने बताए ।उनले पत्रकारितामा अवसरहरु पर्यात्त रहेकोले विद्यार्थीहरुले सही उपयोग गर्नुपर्ने बताए । पश्मिाञ्चल फाउन्डेशन प्रा. लीका अध्यक्ष डा. विश्वकल्याण पराजुलीले आगमी दिनमा पनि समय सान्दर्भिक विषयमा विद्यार्थीहरुलाई प्रशिक्षण कार्यक्रमहरु गर्दै आएको बताउदै उनले पत्रकारिता अध्ययन गर्ने विद्यार्थीको लागी तालिम  अत्यन्तै उपयोगी भएको बताए । पत्रकारितामा  अध्ययनले मात्रै पुरा नहुने हुदाँ विद्यार्थीहरुलाई व्यवहारिक तालिम आमगी दिनमा पनि निरन्तरता दिने बताइएको थियो ।

एकै समाचारलाई पनि विभिन्न माध्यमबाट फरक फरक ढंगले प्रस्तुत गर्न सकिने भएकाले त्यसबारे जानकारी दिलाउनका लागि विद्यार्थीका लागि यस्तो प्रशिक्षण दिलाउन थालिएको कलेजले जनाएको छ । चिनिया समाचार समिति सिन्हवामा कार्यरत पत्रकार रजनिश भण्डरीले प्रशिक्षण दिएका थिए । प्रशिक्षक भण्डारीले विद्यार्थीहरुले तालिममा सिकेका ज्ञान सीप र अवधारणालाई व्यवहारिक जीवनमा उतार्न आग्रह गरेका थिए । मल्टिमिडिया पत्रकारिता आधुनिक विधा भएकोले यस्तो प्रशिक्षणले विद्यार्थीलाई थप जागरुक बनाउने प्रशिक्षक भण्डारीले जानकारी दिए ।

दुई दिने तालिममा सहभागी विद्यार्थीहरुलाई छुट्टाछुटै ४ समुहमा विभाजन गरेर विभिन्न सामजिक विषयहरुमा प्रयोगात्मक  क्रियाकलाप समेत गरिएको थियो ।  ग्रुप ए बाट टिम लिडर अर्जन गिरी, गु्रुप बिका टिम लिडर हिमाल लम्साल, ग्रुप सि टिम लिडर  किशोर पौडेल, ग्रुप डिका टिम लिडर अन्जना कुवँरले छुट्टाछुटै सामाजिक विषयमा गरेका रिपोटिङको मल्टिमिडिया प्रस्तुत गरेका थिए ।

पश्मिाञ्चल फाउन्डेशन प्रालीका अध्यक्ष विश्वकल्याण पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा लेकसिटी कलेज एण्ड रिसर्च सेन्टरका प्रमुख डा . केदार बस्नेत, प्याब्सन कास्कीका अध्यक्ष निदेशप्रसाद कोइराला, पश्मिाञ्चल उमाविका प्राचार्य ताराबहादुर घिमिरे, पत्रकार सागरराज तिमिल्सिना लगायतले मन्तव्य राखेका थिए । समापन कार्यक्रम सञ्चालन भने सहायक क्याम्पस प्रमुख देवबहादुर क्षेत्रीले सञ्चालन गरेका थिए ।  सोही अवसरमा  तालिममा सहभागी विद्यार्थीहरुलाई प्रमाणपत्र समेत हस्तान्तरण गरिएको थियो ।

कमेन्टहरु
Loading...