खाँस्टेतालको तालवराही मन्दीर मर्मतको लागि सहयोग आउने क्रम जारी

पोखरा १८, माघ/लेखनाथ नगरपालीका वडा नम्वर ४ मा लोपउन्मुख अबस्थामा रहेको खाँस्टेतालमा अबस्थीत जिर्ण अबस्थामा रहेको तालवराही मन्दीरको पुनः मर्मतको लागि हाल सम्म २ लाख ७० हजार रुपैया संकलन भएको छ । हालसम्म दाताको सहयोग तथा खास्टेतालका माछाबाट विक्रि भएर उक्त रकम संकलन भएको खास्टेताल संरक्षण समितिले जनाएको छ ।पछिल्लो क्रममा मन्दीर मर्मतको लागि सृजनाचोक निवासी सकलाल हिराचनबाट ५ हजार ५१, किशोरकुमार गुरुङबाट २ हजार रकम प्राप्त भएको छ । द युनाईटेड गोल्ड मार्टका अध्यक्ष महेन्द्रमान गुभाजुले मन्दीर मर्मतमा सहयोग गर्ने मन्दीर मर्मत तथा व्याबस्थापन समितिले जनाएको छ ।

खाँस्टेतालमा रहेको तालवराही मन्दीर
खाँस्टेतालमा रहेको तालवराही मन्दीर

त्यसै गरी हर्पन फेवा मत्स्य सहकारी संस्था खपौदी २ का अध्यक्ष सुब्वा जलारी सहितको टोलीले खाँस्टेतालमा रहेका माछा निकाल्न कार्यमा सहयोग गर्दै आएको छ । सुक्रबार तथा शनिबार गरी १२ हजार ५ सय रुपैया मूल्य बराबरको आम्दानी हुदा सो रकम मन्दिर मर्मतमा खर्चिने भएको मन्दीर निमार्णका अर्थ समिति संयोजक राजेश गुरुङले बताए । संकलीत उक्त रकम खास्टेताल संरक्षण समितिका अध्यक्ष खेमराज बराललाई हस्तान्तरण गरीएको छ ।

शनिबार लेखनाथ नगरपालीकाका ईन्जीनियर जगनाथ कोईराला सहितको टोलीले खास्टेताल तथा मन्दीरको अवलोकन गरेका छन । शिवरात्रीको अवसरमा फागुन १५ गते शिवधुनी लगाउनुका साथै दुध चढाउने कार्यक्रम समेत मन्दीरमा आयोजना गरीने भएको गुरुङले बताए ।

कमेन्टहरु
Loading...