कोरियन भाषा परीक्षाको आवेदन आजबाट

फाइल तस्बिर

काठमाडौ, ८ चैत /कोरियामा रोजगारीका लागि जान चाहनेका लागि बिहीबारदेखी रोजगार अनुमति प्रणाली (ईपीसएस) परीक्षाको अनलाइन आवेदन खुल्ने भएको छ ।

वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखाले इच्छुकहरुले चैत १७ गते सम्म आवेदन भर्न सक्ने जनाएको छ । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको (२०३४ साल चैत १० देखि २०५६ साल चैत ९ सम्म जन्मिएका) नेपाली नागरिकले आवेदन दिन पाउने जनाएको छ ।

र्इपीएस नेपालको वेवसाइटबाट नै अनलाइनबाटै आवेदन भर्न सकिने भए पनि बैंकमा शुल्क तिर्न भने लाइन बस्नुपर्ने बाध्यता कायमै छ ।

भाषा परीक्षा जेठ २६ र २७ गते हुनेछ । आवेदन भर्दा पोखरा केन्द्र छनोट गर्ने पहिलो १२ हजारले मात्रै त्यहाँबाट परीक्षा दिन पाउनेछन् । अन्य सबैले काठमाडौंमा परीक्षा दिनुपर्नेछ ।

शाखाले आवेदन भर्दा २४ डलर शूल्क तोकिएको छ । यो शुल्क ग्लोबल आईएमई बैंकको जुनसुकै शाखाबाट जम्मा गर्न सकिने जनाएको छ । यसपटक ७ हजार एकसय जना उत्तीर्ण गर्ने योजना छ ।

त्यसमध्ये उत्पादनमुलक क्षेत्रमा चार हजार ८ सय र कृषि क्षेत्रमा दुई हजार ३ सय कोटा निर्धारण गरिएको ईपीएस कोरिया शाखाले जनाएको छ ।

कमेन्टहरु
Loading...