साना दलहरुलाई संवोधन गरेर चुनावमा लैजानुपर्ने काग्रेस नेता केसी

पोखरा, ३ असार/नेपाली काँङग्रेसका नेता अर्जुननरसिंह केसीले नेकपा—माओवादी लगायत आन्दोलित साना दलहरुलाई राज्यले कुनै पनि हालतमा संवोधन गरेर चुनावमा लैजानुपर्ने भन्दै यदि कुनै दलले निर्वाचन नचाहने र वुलेट नै शक्तिको स्रोत भन्छ भने राज्य पनि त्यहि ढगंले लिनुपर्ने वताए ।पोखरामा आज नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा वोल्दै नेता केसीले प्रजातन्त्रमा विस्वास नगर्ने कुनैपनि दलले व्यालेट होईन वुलेट नै शक्तिको स्रोत भन्छ भने राज्यले पनि त्यहि ढगंले लिनुपर्ने वताए ।

कार्यक्रममा नेता केसीले अहिले संविधान सभाको निर्वाचनको मिति घोषण भईसकेकोले अव कुनै पक्षले सैदान्तीक दृष्टिकोणले निर्वाचनमा सहभागी नभए पनि निर्वाचन रोक्न नहुने समेत वताए । नेता केसीले अवको निर्वाचनमा लोकतन्त्रमा विस्वास गर्ने शक्तिहरुले दुई तिहाई वहुमत ल्याए मात्र लोकतन्त्रमा स्थापित हुने बताए । प्रेस युनिय कास्कीका अध्यक्ष शिरोमणी बरालको अध्यतामा भएको कार्यक्रम सचिब माधव बरालले सन्चालन गरेका थिए ।

कमेन्टहरु
Loading...