कास्कीकोटमा सोमबार दहीको होली

पोखरा, १५ भदौ/ कास्कीकोटमा यस वर्ष पनि दहि जात्रा तथा कृष्ण रथ यात्राको कार्यक्रम हुने भएको छ ।

आगामी सोमबार दहीको होली खेल्दै कृष्ण रथ यात्राको आयोजना गरीएको आयोजक गुप्तकाली कश्यप धार्मिक

क्षेत्र विकास समितिका अध्यक्ष दिलिप विक्रम शाहीले बताए । धार्मिक संरक्षण गर्दै समितिले दहिको होली नै खेल्ने

गरी विगत पाचँ वर्ष देखि कार्यक्रमको आयोजना गर्दै आइरहेको जात्रा संयोजक ठाकुर प्रसाद त्रिपाठीले जानकारी

दिए । भजन चुटका तथा विभिन्न झाँकी सहित कार्यक्रममा सहभागी हुन सबैलाई क्षेत्र विकास समितिले आहवान

गरेको छ । सहभागी उत्कृष्ठ समुहहरुलाई पुरुस्कारको व्यवस्था समेत गरीएको आयोजकले जनाएको छ ।

कमेन्टहरु
Loading...