कम्बाइण्ड क्लवको उद्घाटन

पोखरा, १५ पुस/पोखराको चाउथेस्थित विजयबस्तीमा कम्बाइण्ड सोसाइटी युथ क्लव स्थापना भएको छ । क्वलको कास्की क्षेत्र नम्बर २ का सभासद शारदा पौडेलले सोमबार एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । उहाँले कार्यक्रममा विजयबस्ती लगायत १४ नम्बर वडाको बिकासमा लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सोही अवसरमा क्लव स्थापना गर्न सहयोग गर्ने र १४ नम्बर वडाका समाज सेवी गरी १५ जनालाइ क्लवले सम्मान गरेको हो । उनीहरुलाई सभासद पौडेलले सम्मान गर्नुभएको थियोे ।

क्लवका अध्यक्ष इश्वर नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा मगर मुक्ति मोर्चाका महासचिव बालकृष्ण काउछा, नेपाली कांग्रेस १४ का अध्यक्ष बोधराज बराल, एमाले १४ का अध्यक्ष बलबहादुर सेन्चुरी, एमाओवादी १४ का अध्यक्ष हरि अधिकारी, प्राध्यापक विरबहादुुर कार्की, समावेशी टोल विकास संस्थाका अध्यक्ष माधव बराल, जनएकता क्लवका जीवन भण्डारी, बेल चौतारा आमा समुहकी अध्यक्ष, कमला कार्की, मेरो नेपाल क्लवका पूर्व अध्यक्ष राजु थापा, समाजसेवी बाबुराम तामाङ, रेवती भण्डारी लगायतले क्लवलाई रचनात्मक कार्यमा अग्रसर रहन सुझाव दिनुभएको थियो ।

इश्वर नेपालीको अध्यक्षतामा गठन भएको क्लव ९ सदस्यीय छ भने क्लवको उपाध्यक्ष सागर गजमेर, सचिव सन्तोष विक र कोषाध्यक्ष सुमित्रा तामाङ रहनु भएको छ ।

कमेन्टहरु
Loading...