पूर्व सांसद तथा कांग्रेस स्याङ्जा सभापति पंगेनीको निधन

काठमाडौ, २० साउन / पूर्व सांसद तथा नेपाली कांग्रेसका स्याङ्जाका सभापति कमल पंगेनीको आइतबार निधन भएको छ । नेता पंगेनीको आइतबार बिहान हृदयघातका कारण निधन भएको हो ।

घरमा छाति दुखेको बताएपछि परिवारका सदस्यले उपचारका लागि अस्पताल लैजाने क्रममा बिहान साढे ६ बजे बाटोमै उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

२०७० सालमा स्याङ्जाबाट प्रत्यक्ष निवाचित सांसद पंगेनी २०३५ सालदेखि राजनीतिमा सक्रिय थिए । ५४ वर्षीय पंगेनीका श्रीमती, एक छोरा र एक छोरी छन् । आइतबारको संघिय संसद उनकै निधनमा शोक प्रस्ताब पारित स्थगित भएको छ ।

कमेन्टहरु
Loading...