कस्ता उमेद्वार ठिक जनतालाई छान्नै सकस

गौरव त्रिपाठी
बीस वर्ष पछि हुन लागेको स्थानीय तहको पहिलो निवार्चन हुन् अव ४८ घण्टा बाँकी छ । नेपालमा संवीधान जारी भए पछि को पहिलो निवार्चनमा विगतमा भन्दा फरक तरीकाले मतदाता हरुले निवार्चनमा भाग लिदै छ । पहिलो चरणमा प्रदेश ३,४ र ६ प्रदेशका २ सय ८३ स्थानीय तहका लागि करिव १८ हजार केन्द्रबाट निवार्चन हुदैछ ।

निवार्चन आयोगले सम्मपुर्ण तयारी पुरा भइ सकेको जनाएको छ । निवार्चनको दिन वैशाख ३१ गते कुरेर बसी रहेका जनताहरु भने अझै अन्यौलतामा नै देखीन् छन् । निवार्चनमा भाग लिएका राजनीतिक दल स्वतन्त्र उमेद्वार सवैले आ आफ्नै प्रचार शैली अपनाउदै जनता सगँ मत मागी सकेका छन् । कतिले गीत गाएर मत मागे भने कतिले विकासे नारा लगाएर मत मागे मत मागी रहदा जनताको भावना बुझन् भने उमेद्वारहरुले सकेको देखिदैन् । मत माग्ने नाममा उनका स्वतन्त्र अधिकार माथी कती कुन्ठीत गरीएको छ भन्ने हेक्का उमेद्वारहरुले राख्नु पर्ने थियो । चर्को आवाजमा गीत बजाउदै हिड्दा अरुलाई परेको समस्या कहिले वुझ्ने उमेद्वारले ।

गाउँ शहरमा आज भोली भएका चुनावी सभा तथा घरदैलो अभियान देउसी भैलो जस्तो लागेको एक विद्यार्थी वताउछन् एउटा राजनीक दल आउछ एउटा गित वजाउ छ अर्को दल आउछ अर्को थरी गीत गाउँछ जनता कस्को गित र संगीत राम्रो छ उसैलाई मत दिने हुन् कि झै देखिने छ । प्रचारका शैली पक्कै पनि भड्कीला भएका छन् । निवार्चन आयोगले आचार संहीता पालना नगरेका दल र उमेद्वारहरुलाई के कारवाही गरो भन्ने धेरैलाई थाहा छैन यदी यस्तै शैलीको विकास भयो भने अबका दिनमा चुनाव लड्दा घर घडेरी गर्नु पर्ने स्थिती आउन सक्छ । कतै मान्छे मार्ने देखि सवारी साधन जलाउने त कतै आर्थिक चलखेल गर्ने अनि कसरी निश्पक्षय चुनाव हुन सक्ला ?

विस वर्ष पछिको स्थानीय तहको निर्वाचनमा विस वर्ष अघि जन्मीएका देखि धेरै वृद्ध सम्मले सहभागीता जनाउदै छन् । सवै उमेद्वारले विकासका कार्यक्रम सार्वजनीक गरेका छन् घोषणा पत्र सहित प्रतिवद्धता जनाएका उमेद्वार मध्ये कुन कस्तोलाई दिएमा काम गर्छ भन्ने कुरा जनता अलमल्मा छन् । मौन अवधी सुरु भएको छ पचास हजार भन्दा वढी उमेद्वार चुनावी माहोलमा हुमीएका छन् । ३५ प्रतिशत महिलाहरु पनि चुनावी मैदानमा भाग लिरहेका छन् स्थानीय तहको पहिलो निवार्चनमा महिलाहरुलाई सहभागी वनाउनु पर्ने वाध्यकारी नियम लागु भएपछि देशका विभिन्न ठाउँहरुमा सानै उमेरका महिला उमेद्वार पनि रहेको चर्चा चलिरहेको छ । जनता उत्हासीत भने पक्कै छन् ।

सिहंदरवार गाउमानै आउदै छ भनेर त्यसको कार्यन्वयन कसरी होला त्यो भने हेर्न वाकी नै छ । मौन अवधीमा सामाजीक संजाल प्रयोग चुनाव प्रचार प्रसार गर्न नपाइने नियम छ । त्यो गरेको पाइएमा एक लाख सम्मको जरीवाना गर्ने नियम रहेको निवार्चन आयोगले जनाएको छ नेपालमा करीव ५५ प्रतिशत नेपालीहरु इन्टरनेट चलाउने गर्दछन् । निवार्चन आयोगले मतदान केन्द्रबाट नै फोटो सहतीको मतदाता नामावली परिचय पत्र वाढी रहेको छ । कति भने त्यो परीचय पत्र कसरी लिने भनेर अन्यौलमा छन् । मतदान केन्द्र घरबाट धेरै टाढा र असक्तहरुलाई चिन्ता परेको छ ।

जान आउनै मुस्कील छ भने कोही गृह जिल्ला फरर्केर परिचय पत्र लिन सक्ने समय नै नभएको वताउछन् । निर्वाचन कार्यक्रम नेपालीहरुका लागी उत्सव जस्तै बनेको छ । १६ वर्ष पुरा गरी २०७३ फागुन ९ गते सम्म नागरिकता लिएका व्यक्तिहरुले यस पटक मतदान गर्दे छन् । २००७ सालमा जनताको सहभागीतामा आएको प्रजातन्त्रमा पहिलो संसदीय निवार्चन २०१५ सालमा भयो त्यो पनि पुरा समय टिक्न नपाउदै २०१७ साल पौष १ गते संसदीय सरकार अपदस्थ गरी निर्दलीय पञ्चायती शासन व्यवस्था लागु भयो ।

निर्दलीय व्यपस्था करीव २० वर्ष सम्म चल्यो २०४६ सालमा प्रजातन्त्रको पुर्न स्थापना भयो २०४७ को संवीधान खारेजी राजको प्रतक्ष्य सहभागीको विरोधमा देशमा जनयुद सुरु भयो १० वर्षे जनयुद्ध र २०६२÷६३ को जनआन्दोलनले २०६५ जेठ १५ गते संवीधान २०४७ खारेज गरी गणतन्त्र स्थापना भयो । दोस्रो संविधान सभाको निवार्चले देशमा संवीधान घोषणा गरयो । संवीधान अनुरुप पहिलो पटक स्थानीय तहको निवार्चन हुदैछ जनताहरुले संघीयता मा पहिलो पटक मतदान गर्ने यो अवसर कसरी प्रयोग गरर्लान् त्यो भने हेर्न बाँकी नै छ ।

गाउँ टोल वस्ती वस्ती निवार्चनले तातीएको छ तर जनता भने कस्तो उमेद्वार ठिक छ भनेर छनौट गर्ने अन्यौलमा छन् २० वर्षको यो समयमा कसैका काम पनि जनताले प्रत्यक्ष हेर्न भोग्न पाएनन् स्थानीय तहमा राजनैतिक दलका संयन्त्रले गरेका काममा चित्त वुझाउनु परेको स्थिती थियो । अव निवार्चीतहरुले पक्कै स्थानीय तहका समस्याहरुलाई वुझेर सिंहदरवारको प्रत्याभुती दिलाउन सकुन् शुभकामना ।

कमेन्टहरु
Loading...