जाजरकोटमा बस दुर्घटना हुदा २१ को मृत्यु, ३० बढि घाइते

जाजरकोट, २६ फागुन /जाजरकोटमा बिहीबार बस दुर्घटनामा परि २१ जनाको मृत्यु भएको छ भने ३० भन्दा बढि घाइते भएका छन् ।

जाजरकोटको खलंगाबाट पश्चिमी क्षेत्रमा पर्ने खारा भन्ने गाउँतर्फ जाँदै गरेको ना ३ ख २२७९ नम्बरको बस ओरालो बाटोमा अनियन्त्रित भई खोलामा खसेको हो । बसमा करिब ५० जना यात्रु सवार थिए । मृत्यु हुनेको सख्या २१ पुगेको प्रहरीले जानकारी दिएको छ ।

घाइते भएका मध्ये केहीको अवस्था चिन्ताजनक छ । उनीहरुलाई उपचारका लागि सेनाको हेलीकोप्टरबाट नेपालगञ्ज र काठमाण्डौं पठाइएको छ ।

बस सडकबाट करिब २ सय मिटर तल खसेको छ । बसमा यात्रुहरु बढी भएकाले ‘ओभर लोड’ हुन गई ओरालो घुम्तीमा अनियन्त्रित भएको प्रहरीको भनाई छ ।

जाजरकोटमा बस दुर्घटना हुदा २१ को मृत्यु, ३० बढि घाइते
जाजरकोटमा बस दुर्घटना हुदा २१ को मृत्यु, ३० बढि घाइते तस्बिर ः अनलाइन खबरबाट
कमेन्टहरु
Loading...