मानवअधिकार निगरानी समूहद्वारा ध्यानाकर्षण

पोखरा, ३१ चैत्र /सिद्ध गाविसमा माटो परीक्षण शिविर सञ्चालन गर्नको लागि मानवअधिकार निगरानी समुहले जिल्ला कृषि कार्यालय र क्षेत्रीय माटो परीक्षण कार्यालयमा शुक्रबार ध्यानाकर्षण गराएको छ । मानवअधिकार निगरानी समुह सिद्ध गाविसले खाद्यअधिकारको सुरक्षाका लागि कृषिमा आधुनिकीकरण ल्याउन प्रतिनिधि पठाउने निर्णय गरे अनुसार कृषि कार्यालय र क्षेत्रीय माटो परीक्षण कार्यालयमा ध्यानाकर्षण गराएको हो ।

कार्यक्रममा बोल्दै जिल्ला कृषि कार्यालयका कृषि प्रसार अधिकृत निलकण्ठ उप्रेतीले प्रतिनिधि मण्डललाई स्वागत गर्दै ०७० कात्तिक महिनाभित्र सिद्ध गाविसमा माटो परीक्षण शिविर सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरे । क्षेत्रीय माटो परीक्षण कार्यालयका निमित्त कार्यालय प्रमुख दानालाल साह र प्राविधिक सहायक बाबुराम जिसीले माटो परीक्षणको नियम र प्रकृयाको बारेमा जानकारी गराएका थिए ।

छलफलका क्रममा क्षेत्रीय माटो परीक्षण कार्यालयले माटो परीक्षण शिविर राख्नुभन्दा अगाडि स्थानीय कृषकहरुसँग माटोको परीक्षणको बारेमा पूर्व बैठक आयोजना गर्नु पर्ने सुझाव दिएका थिए । कार्यक्रममा मानवअधिकार निगरानी समुह कास्कीका संयोजक कृष्णप्रसाद बरालको नेतृत्वमा सिद्ध गाविसका सचिव मोहदत्त खनाल, मानवअधिकार निगरानी समुह सिद्धका सदस्य तथा कृषि सहजकर्ता श्रीबहादुर जिसी, खिमादेवी वास्तोला र इन्सेक पोखराका कार्यक्रम संयोजक गणेश श्रेष्ठको सहभागीता रहेको थियो ।

कमेन्टहरु
Loading...