चिकित्सकको सिफारिस विना विरामीलाई दोव्बर औषधी

पोखरा, २६ भाद्र / धेरै औषधी विक्री गर्ने नाममा चिकित्सकले लेखिदिएको भन्दा बाहेक औषधी, सामान र पौष्टिक आहार (सप्लिमेन्ट्री फुड) विरामीलाई पश्चिमाञ्चल क्षेत्रिय अस्पताल भित्र रहेको मेडिकलले भिराउँदै आएको भेटिएको छ । प्रत्येक विरामीलाई चिकित्सकले लेखेको भन्दा दोवर औषधी भिराउदै आएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालभित्रको तमु फार्मेसीले विरामीलाई दोवर औषधी भिराउदै आएको हो । चिकित्सकले सिफारी गरे भन्दा बढी अन्य बस्तु हातमा थमाई आर्थिक व्ययभार थुपार्दै आएको छ ।

फार्मेसीले विशेष गरी प्रसुति वार्डका विरामीलाई चिकित्सकले लेखेको भन्दा दोवर सप्लिमेन्ट्री फुड थमाउँदै आएको छ । चिकित्सले लेखेको औषधीसँगै सप्लिेन्ट्री फुड थमायो ।’ आफुलाई औषधी भिराएको बताउँदै नयाँबजार बस्दैआएका भीमसेन श्रेष्ठले भने–चिकित्सले चारवटा औषधी लेखिदिएका थिए तर फार्मेसीले थप चारवटा विभिन्न बस्तु थपेर दियो ।’ सुत्केरीका विरामीलाई औषधीसँगै सप्लिमेन्ट्री फुड थप रुपमा दिदैंआएको छ ।

फार्मेसीले सर्जिकलका विरामीले लिने औषधीको मूल्य पनि बढी लिने गरेको विरामीका आफन्तहरु बताए । उनका अनुसार थपिएको चारवटा सामान र फुडले करीब ५ सय रुपियाँ अतिरिक्त थप्दै आएको छ । विरामीलाई चिकित्सकले लेखिदिएको औषधीभन्दा बाहेकको औषधी अथवा अन्य बस्तु विभिन्न बहानामा विक्री गर्न पाईदैन् । सप्लिमेन्ट्री फुड औषधी प्रेसक्रिप्सनमा लेखिएको भन्दा बाहिरको हो ।’ प्रसुति वार्डमा कार्यरत चिकित्सक जमुना ढकालले बताइन् ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. बुद्धिबहादुर थापाले चिकित्सकले लेखिदिएको औषधीभन्दा बाहिरको दिन नहुने बताए । डाक्टरको सिफारिस विना विरामीलाई सप्लिमेण्टी फुड दिनु गतल हो ।’ उनले भने–फामेर्शीले आफुखुशी औषधी र सप्लिमेण्टी फुड दुवै दिन नपाइने बताए ।

तमु फार्मेसीका संचालक बालकुमार गुरुङले डाक्टरले औषधी मात्र लेख्ने गरेको र पौष्टिक आहार विरामी वा उसका आफन्तलाई सोधेर मात्र दिने गरेको दावी गरे । तर, धादिङ घर भई पोखराको नयाँबजार बस्दै आएका श्रेष्ठले आफुलाई फार्मेसीले नसोधी नै पौष्टिक आहार र सामान दिएको बताए ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा दैनिक दुईसय भन्दा बढी विरामी ओपिडी सेवा लिने गरेका छन् । दैनिक १८ देखि ५० भन्दा बढी महिलाहरु सुत्केरी वार्डबाट डिस्चार्ज हुने गरेका छन् । डिस्चार्ज हुने विरामीलाई सामान र फुड लगायतका बस्तुहरु थपेर फार्मेसीले दिदैं आएको छ । आइतबार मात्रै ३८ सुत्केरी डिस्चार्ज भएका थिए ।

कमेन्टहरु
Loading...