होमस्टे व्वस्थीत गर्न होमस्टेको अवलोकन भम्रण

लेखनाथ, ५ वैशाख/कास्कीमा रहेको पचभैया होमस्टे समितीले शिरुबारीको अवलोकन भम्रण गरेको छ । व्यक्तिगतरुपमा होमस्टे चलाउ“दै आएका उनीहरुलाई सामुहिक रुपमा कसरी होमस्टे सञ्चालन भएको छ भन्ने देखाउ“नको लागि लेखनाथ उद्योग वाणिज्य संघद्धारा संचालित एक गाउ एक उत्पादन एग्रो टुरिजम जिल्ला कार्यान्वयन समिति कास्कीले भ्रमणमा लगेको हो । नेपालको पहिलो पर्यटकिय होमस्टे गाउ“का रुपमा चर्चित शिरुबारी नमुना गाउ“का रुपमा परिचित छ ।

नेपालमा होमस्टे चलाउने सवैजसो गाउ“का मानिस यस गाउ“ पुगि होमस्टे सञ्चालनका नियम सिक्ने र अवलोकन गर्ने गर्छन । होमस्टे कसरी सफल भएको छ भन्ने कुरा देखाएर वेगनासमा पनि लागु गर्ने सोचले आफुहरुले भ्रमण ल्याएको उद्योग बाणिज्य संघ लेखनाथका अध्यक्ष सुमन भट्राईले बताए । उनले भने ‘सफलता र दिगोपनको लागि संस्कृती, व्यवस्थापन र गाउ“ हेर्न आएका हौ ।’ २३ जनाको समुहले गाउ“, संस्कृतीको अवलोकन साथै केहि समय प्रशिक्षण समेत लिएका थिए ।

पचभैया लेखनाथको समुहलाई पर्यटन विकास समिती शिरुबारीका संयोजक जुमबहादुर गुरुङले शिरुबारी होमस्टेको रुपमा सफल हुनुमा एकता भएको जानकारी दिए । उनले भने ‘शिरुबारीमा संस्कृती र एकता छ ।’ सामुहिक कामको लागि सवै एकजुट हुनुपर्ने बताउ“दै गुरुङले थपे ‘यो गाउ“ डिजिटल घडि जस्तो भईसकेको छ सवै आफ्से आफ चल्छ ।’ तर यसरी चल्ने बनाउनको लागि क्याप्टेन रुद्रमान गुरुङले धेरै समय विताएको उनको अनुभव छ ।

सरसफाई र व्यवस्थापनस“ग आफु धेरै प्रभावित भएको पचभैया होमस्टे सञ्चालक समितीका सल्लाहाकार दामोदरभक्त थापाले बताए । उनले भने ‘यहा“को सरसफाई पुरै युरोपियन देशको जस्तो छ ।’ गाउ“, बाटो, भान्सादेखि चर्पिसम्म सफा र सुविधासंपन्न भएको देखेपछि पचभैयाको समुहलाई आफ्नो गाउ“ पनि त्यस्तै बनाउन मन लागेको छ । गरे सवै कुरा संभव हुने रहेछ भन्ने देखेका उनीहरुले प्राकृतिकरुपमा सुन्दर वेगनासलाई सफा राख्ने प्रण गरे ।

कमेन्टहरु
Loading...