निःशुल्क शिविरमा ७७ जना बालबालिकाको उपचार

पोखरा, २३ भदौ / पोखराको सिमलचौरमा रहेको बाल उपचार केन्द्रले सन्चालन गरेको एक दिने निःशुल्क शिविरमा ७७ जना बालबालिकाले उपचार गरेका छन् । बालबालीकाको उपचार सेवा प्रदान गर्दै आएको उपचार केन्द्रमा सन्चालन गरिएको एक दिने शिविरमा विभिन्न क्षेत्रबाट आएका ७७ जना बालबालीकाले उचार सेवा लिएको केन्द्रकी निदेशक सुष्मा सिग्देलले जानकारी दिइन् ।

पछिल्लो समयमा भाइरलका कारण धेरै बालबालिकाहरु विरामी भएको भन्दै सबैलाई सेवा दिने उद्देश्यले शिविर सन्चालन गरेको बालरोग विशेषज्ञ डाक्टर यज्ञराज सिग्देल जानकारी दिए । शिविरमा सबै भन्दा बढि भाइरलबाट विरामी बनेका बालबालिका आएको बताए । त्यस पछि राती विस्तारमा पिसाब फेर्ने, निमोनीया लगाएतका विरामी आएको सिग्देले बताए ।

अहिलेको भाइरल पाचँ दिनमा निको भए पनि बालबालीकाहरुमा निमोनीया, टाइफाइड र पिसाबको खराबी देखिने गरेको डाक्टर सिग्देलले बताए । पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमामा समेत कार्यरत डाक्टर सिग्देलले बालबालीकालाई डाक्टर सगँ परिक्षण गराएर मात्रै औषधी प्रयोग गर्नु पर्ने बताए । उनले पोखरामा पानीका कारण पछिल्लो समयमा धेरै भन्दा धेरै विरामी भाइरलका आउने गरेका बताए ।

कमेन्टहरु
Loading...