ह्याण्डसम भएकाले देश निकाला हुने यिनै हुन् ?

बढि सुन्दर भएको आरोपमा युएइका तिन जना युवालाई साउदी अरेबियाबाट देश निकाला गरिएको खबरले केही समयअघि सनसनी नै मच्चाएको थियो । आखिर बढि सुन्दर भएकाले साउदी युवती लहसिने डरले देश निकालामा परेका ती युवाहरु को होलान् र उनीहरु कति सुन्दर होलान् भन्ने जिज्ञासा सबैमा रह्यो । यहीँ जिज्ञासाको उत्तर खोज्ने क्रममा विभिन्न खाले अनुमान भैरहेका छन् । अनुमानकै भरमा निकालामा पर्ने तिन युवामध्ये एक जना अहिले चर्चामा आएका छन् ।

1

समाचार अनुसार साउदी अरेबियाबाट बढि सुन्दर भएको आरोपमा घर फर्काइएका मध्ये एक हुन् दुबइका फोटोग्राफर ओमार बोर्कान अल गाला । यद्यपि यो अपुष्ट कुरा हो । तर धेरैले अनुमान गरेका पात्र उनै हुन् । सोही कारण ओमारको फेसबुकमा धेरैले यहीँ समाचारको लिंक पोष्ट गरिदिएका छन् । साँच्ची उनी निकै सुन्दर छन् । त्यसैले अनुमान लगाउनु पनि गलत होइन । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...