हेमजाबासीद्धारा कर महंगो भएको भन्दै पोखरा उपमहानगरपालिकामा डेलिगेशन

हेमजा २५, साउन/हेमजाबासीले कर महंगो भएको भन्दै पोखरा उपमहानगर पालिकामा डेलिगेशन गएका छन् ।

२०६९ पौष ६ गते तत्कालिन हेमजा गाविस सचिव भरतराज पौडेलको अध्यक्षतामा बसेको १६ औँ गाँउ परिषद परिषदको निर्णयले घर निमार्ण स्वीकृत वापत पक्की घरको प्रतितला १ हजार र कच्ची घरको हकमा प्रति तला ५ सय निर्धारण गरेकोमा हालआएर गत बर्षको विशेष नगरपरिषदको बैठकले घर लगत सिफारिस करमा rcc (पक्कीघरको प्रतिवर्ग फिट ५ र कच्ची घरको प्रतिवर्ग फिट ३ रुपैया लगत कायम गरेको थियो ।

सो निर्णय पोखरा उपमहानगरपालिका गाभिएका नयाँ वडाहरुलाई एउटै घरको दोहोरो कर लिई आर्थिक भार थुपारेको भन्दै हेमजा वासीहरुले विरोध जनाए । त्यसैगरी एकीकृत सम्पतीकरमध्ये घरको मुल्याङकन गत वर्ष सम्म प्रति वर्ग फिट रु ६ सय २५ मुल्याङकन भएकोमा हालआएर १३ सय भन्दा पनि बढी मुल्याङकन गर्ने निर्णय र घरको हा्रस कट्टी बार्षिक १० प्रतिशतले हुने गरेकोमा हाल आएर प्रति वर्ष १ प्रतिशतले मात्रै हास्र कट्टी गर्ने निणर्यले गर्दा एकीकृत सम्पती कर भारी बृद्दिहुने देखिएको प्रति हेमजाबासीले आपत्ती जनाएका हुन् ।

मङगलबार हेमजाबासीहरुले घरलगत कर महंगो र अव्यवहारिक भएको भन्दै त्यसलाई संशोधन गरिनुपर्ने माग लिएर पोखरा उपमहानगरपालिकामा डेलिगेशन गएका हुन ।

पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत भीम बहादुर कुँवर, सामाजिक विकास शाखाका बरिष्ठ अधिकृत ओमराज पौडेल, निरीक्षण महाशाखा प्रमुख बसन्त प्रसाद चालिसे, कर अधिकृत शिवहरी शर्मा, प्रशासन महाशाखा प्रमुख अन्नत प्रसाद कोइराला, नक्सा तथा भुकम्पसुरक्षा महाशाखाका प्रमुख बरिष्ठ ईञ्जिनियर पूर्ण बहादुर गुरुड्ड र नेपाली काँग्रेस नगर सभापति बजीरमान श्रेष्ठ समक्ष हेमजाबासीका प्रतिनिधिमण्डल नागरिक समाजको तर्फबाट भीम प्रसाद श्रेष्ठ, नेपाली काँग्रेस वडा इकाई २९ सभापति मुधुसुधन त्रिपाठी, २७ सभापति दान बहादुर थापा, नागरिक समाजका नारायण तिम्सिना लगायतले दोहोरो तेहोरो कर तिर्न नसकिने, नगरपालिकाले लगाएको घर लगत कर अत्यत्तै महंगो र अव्यवहारिक भएको, एकीकृत सम्पत्ति करमा यस बर्षबाट भारी बृद्दि भएको र ५ बर्षसम्म कर नबढाउने पुर्व सर्त प्रति ध्यानाकर्षण गराउँदै तुरन्तै नगरपरिषदको कर सम्बन्धी भएको निर्णय संशोधन गर्नुपर्ने र दोहोरो करको मारमा जनतालाई पार्न नहुने, पोखरा २७ वडा कार्यालयमा प्रशासनिक सेवा दिन कर्मचारी अभाव, फोहोर मैलाको उचित व्यवस्थापन नभएको लगायतका गुनासा राखेका थिए ।

जवाफमा  कार्यकारी अधिकृत भीम बहादुर कुँवरले हेमजाबासीका गुनासा तथा समस्याहरु हेमजा बासीको मात्र नभई समग्र पोखरा नगरबासीको भएको उल्लेख गर्नुभयो । उहाँले जनताको हितको लागि विकास समृद्धिका काम गर्ने बताउनुभयो । सुविधा लिदाँ कर तिर्नुपर्ने राष्ट्रिय नीति भएको समेत उल्लेख गर्नुभएको थियो साथै उहाँले पोखरा उपमहानगरपालिकाबा प्रदान गरिने सेवा सुविधा तथा विकास निमार्णका क्रममा भएका असुविधालाई सुविधा बनाउन सकिने तर राष्ट्रिय नीतिलाई स्थानीय स्तरमा फेर्न नसकिने बताउनुभयो ।

कुँवरले पोखरा उपमहानगरपालिकाले जनतालाई कर लगाएर अन्यायमा पार्ने नियत नभएको स्पष्ट पार्नुभयो । आफूहरुले संसोधन गर्न सकिने ठाँउमा बसेर छलफल गर्ने उहाँको भनाई थियो । साथै घर नक्सा तथा भुकम्प सुरक्षा महाशाखाका बरिष्ठ इञ्जिनियर पूर्ण बहादुर गुरुड्डले गाँउ परिषदको निर्णय अनुसार नगरपालिकामा गाभिनु पुर्व बनेका घरहरुमा घर निमार्ण स्वीकृति लिएकाहरुलाई हालको नगरपरिषदले तोकेको कर नलाग्ने बताउनुभएको थियो ।पोखरा उपमहानगरपालिकाले यथोचित जनताको गुनासाहरुलाई सम्बोधन गरी कार्यसञ्चालन तथा विकास निमार्णका कार्यहरुमा जनताको साथ लिएरनै अगाडी बढ्ने जनाएको छ । तर हेमजाबासीहरुले करको दर संशोधन नभएको खण्डमा अहिलकोे नगरपरिषदले तोकेको घर लगत सिफारिस कर नतिर्ने बताएका छन् ।

कमेन्टहरु
Loading...