मंगलबार देखी अत्यावश्यक बाहेकका सरकारी कार्यालय बन्द गरिने

काठमाडौं, १० चैत / सरकारले अत्यावश्यक सेवा प्रवाह गर्ने बाहेकका अन्य सबै सरकारी तथा सार्वजनिक कार्यालयहरु बन्द गर्ने भएको छ ।

कर्मचारीले कार्यालयमा हाजिर हुने भनिए पनि कार्यालय खुलेपछि सेवाग्राही पुग्ने भएकाले कर्मचारीलाई नै विदा दिन लागिएको हो ।

उच्चस्तरीय समन्वय समितिको बैठकले कर्मचारीलाई घर घरमै तयारी अवस्थामा बस्ने गरी बस्न भनेको छ । कार्यालय प्रमुख र उच्च पदस्थ कर्मचारीको हकमा भने विदा हुने छैन ।

सबै कार्यालय बन्द नगर्दासम्म सडकमा र सार्वजनिकस्थलमा सर्वसाधारणको आवागमन नरोकिएको कारण कर्मचारीलाई विदा दिन लागेको हो ।

मंगलबारदेखि सर्वसाधारणलाई घरभित्रै रहनु पर्ने गरी विशेष निर्णय हुँदैछ ।

कमेन्टहरु
Loading...