गोरखाको २ गाउँपालिकाको मत पेटीका हेली मार्फत ल्याईदै

कैलासबावु श्रेष्ठ/गोरखा
बैशाख ३१ गते । गोरखा जिल्लाको बिकट उत्तरी क्षेत्रको २ गाउँपालिकाको मत पेटीका हेली मार्फत मतगणना स्थल सम्म ल्याउने तयारी पुरा भएको छ । चुम नुब्री र धार्चे गाउँ पालिकाको मतपेटीका हेली मार्फत मतगणना स्थल सम्म ल्याउने तयारी पुरा भएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलले बताए ।

सदरमुकाम बाट ५२ कोष उत्तर अर्थात बिशाल चिनको स्वशासित क्षेत्र तिब्बत सम्म जोडीएका गाउँहरुबाट मतपेटी ल्याउने तयारी भएको हो । मानिसले मतपेटी बोकेर ल्याउदाँ असुरक्षित तथा १ साता सम्म लाग्ने भए पछी निर्वाचन आयोगलाई लेखी पठाए अनुसार उत्त क्षेत्रको मतपेटीका हेली मार्फत जेष्ठ १ गते बिहान बाट ल्याउन लागिएको प्रजिअ बस्नेतलले बताए ।

चुम नुब्रीको साविकको सिर्दीबास गाबिसमा रहेको ४ मतकेन्द्र बाहेक चुम्चेत, छेकम्पार, बिही, ल्हो, प्रोक र सामागाउँको मतपेटीमा सोमबार बिहानै देखी मतगणना स्थलमा ओर्सन हेली तयारी अवस्थामा राखीएको छ । सोमबार नै धार्चे गाउँपालिकाको पनी मतपेटीका हेली मार्फत मतगणना स्थलमा ल्याने तयारी भएको छ ।

धार्चेको ११ र चुन नुब्रीको सिर्दीबासलाई छाडेर १६ मतदान केन्द्र गरी कुल २१ मतदान केन्द्रको मतपेटीका सोमबार बिहानै देखी हेली मार्फत सम्वन्धीत मतगणना स्थलमा ल्याउने तयारी पुरा भएको हो । मतपेटीका लिनका लागी साविकको सबै गाबिसमा हेली जाने र त्यसै मार्फत मतगणना स्थल सम्म ल्याईने भएको हो । धार्चे गाउँपालिकाको लाप्राकको भने सुरक्षाकर्मी सहित मानिस आफैले बोकेर मतगणना स्थल सम्म ल्याईने छ ।

कमेन्टहरु
Loading...