चर्को भिषा शुल्क विरुद्ध आन्दोलन ः गेसो सभापति गुरुङ

पोखरा, २ फागुन/गोरखा भूतपूर्व सैनिक संघ गेसोका केन्द्रीय सभापति पदमबहादुर गुरुङले बेलायती दुतावासले गरिबको ढाडै सेक्ने गरी लिने गरेको भिषा शुल्कका विरुद्ध आन्दोलन गर्ने बताए । गोरखा भूतपूर्व सैनिक संघ पश्चिमाञ्चल क्षेत्रीय समिति, गेसो पोखराले आज पोखरामा आयोजना गरको बेलायती अदातलको पछिल्लो निर्णय सार्वजनीक कार्यक्रममा त्यस्तो बताएका हुन् । १८ वर्ष भन्दा माथिका छोराछोरीहरुको विषयमा न्यायलयले गरेको फैसलाका सम्बन्धमा जानकारी दिन कार्यक्रममा सभपाति गुरुङले २१ जनवरी २०१३ को फैसलाले गोरखामा माथि ऐतिहासिक अन्याय गरेको प्रष्ट पारेको जानकारी दिए ।

उनले फैसलाले बेलायती सेनामा बाउ बाजे भर्ती भएको प्रमाण भए वेलायत जाने पाउने ढोका खुलेको बताए । गोरखाका नाउमा बेलायतले गरेको मानव अपराधको विरुद्ध हामीले २३ वर्ष लडेर बाली पकाइदिएका छौं, अव गोर्खा परिवारले खाने पहल गर्नुपर्दछ, विगतका आन्दोलनमा गेसोकै विरुद्ध खनिनेहरु पनिछ अव पोकेको बाली मुखमै खुलाउन सकिदैन उनको भनाइ थियो ।

सभापति गुरुङले बेलायत जाने गोरखा परिवारको अधिकार स्पष्ट भए पनि महंगो भिषा शुल्क २ लाख ६९ हजार रुपैया गोरखाहरुलाई मान्य छैन, अव त्यसका विरुद्ध आन्दोलन गर्ने चेतावनी दिए । ६० हजार गोरखाले बेलायती साम्राज्यको निम्ति बलिदान दिएकोछ, किन हामी अत्यन्तै चर्को शुल्क तिछौं भन्ने प्रश्न गर्नुहुदै बेलायत निर्माणमा गोरखाको योगदान छ, गोरखा परिवार बेलायत जान पाउनु पर्ने नपाएमा दुवै सरकारका विरुद्ध शान्तिपुर्ण आन्दोलन शुरु हुने बताए ।

गेसोको तर्फबाट विगत ७ बर्षदेखि बहस गर्नुभएको हो एण्ड कोका सोलिसिटर एलेक्सले अदालतको फैसलाले परिवारसँगै बस्न नदिनु ऐतिहासिक अन्याय भएको उल्लेख गरेकोछ भन्नु हुदै बेलायतमा वस्न नदिनु गोरखामाथि अन्याय भएको बताए । उनले गोरखाको पक्षमा लडिरहने प्रतिवद्धता व्यक्त गर्नुहुदै भिषा शुल्क महंगो भएको बताए । गेसोका महासचिव महेन्द्रलाल राईले अदालतको पछिल्लो फैसला बेलायतले गोरखामाथि गरेको अपराधको पर्दाफास भएको बताउनु हुदै बेलायती अपराधका विरुद्ध युवाहरु आन्दोलिन हुनुपर्नेमा जोड दिए ।

कमेन्टहरु
Loading...