आज राति १२ः०० बजेदेखि भोलि बेलुका ७ः०० बजेसम्म गाडी चलाउन नपाइने

काठमाडौं, २० मंसिर /बिहीबार भोलि ४५ जिल्लामा हुने दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचनका दिन अत्यावश्यक सवारी (एम्वुलेन्स, दमकल, खानेपानी, शववाहन, दूरसञ्चार तथा दूध ढुवानी) बाहेकका अन्य सवारीसाधन नचलाउन गृह मन्त्रालयले सूचना प्रकाशित गरेको छ।

निर्वाचनको दिनमा सुरक्षा व्यवस्थालाई लक्षित गरी आज राति १२ बजेदेखि भोलि बेलुका ७ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

गृह मन्त्रालयले सूचना जारी गरी मतदानका लागि उपत्यका बाहिर जाने मतदातालाई बुधबार नै गन्तव्यमा पुग्न अपिल गरेको छ।

मतदान सकिएपछि साँझ ७ बजेबाट भने सबै सवारीसाधन चलाउन पाइने गृहमन्त्रालयले जनाएको छ।

दोस्रो चरणअन्तर्गत ४५ जिल्लाका प्रतिनिधि सभातर्फ १२८ निर्वाचन क्षेत्र र प्रदेशसभा तर्फ २५६ निर्वाचन क्षेत्रका लागि बिहान ७ः०० बजेदेखि अपराह्न ५ः०० बजेसम्म मतदान हुने छ ।

कमेन्टहरु
Loading...